Logo

२०८३, आश्विन ९गते


images
images

कविता : समय

कविता : समय

images
  • कविता : समय
    images
    images

    म समय हुँ …
    मैले कुरुक्षेत्रको मैदानमा इतिहास पल्टेको देखेको छु,
    नीति र पराक्रमले अधर्मलाई ढालेको देखेको छु ।

    images
    images
    images

    आज नेपालको यो नयाँ मोडमा
    यसअघि कहिल्यै नलेखिएको
    एउटा गौरवशाली इतिहास कोरिन लागेको देख्दैछु ।

    images
    images
    images

    म समय हुँ ...
    अनि तपाईँ नि !

    images
    images
    images

    महाभारतका कृष्ण र अर्जुन झैं
    रवि लामिछाने र बालेन्द्र शाह
    एकै रथमा उभिएका छन्-
    एकले दिशा देखाइरहेका छन्,
    अर्काले लक्ष्य भेदिरहेका छन् ।

    म देख्दैछु-
    शत्रुहरू अत्तालिएका छन्, मुर्मुरिएका छन्,
    रथ रोक्ने षड्यन्त्र बुन्दैछन् ।

    तर रथ रोकिन्न -
    के जेनजीको रगतले लेखिएको इतिहास
    त्यसै रोकिन्छ ?
    अहँ ! असम्भव !

    तिमी षड्यन्त्रका पर्खाल ठड्याउँदै गर, के फरक पर्छ ? 
    रवि र बालेनको ताकत भत्काउँदै अघि बढ्छ ।

    रोक्न सक्दैनौ रवि लामिछानेलाई,
    छेक्न सक्दैनौ बालेन्द्र शाहलाई ।

    रविले भनेकै थिए:
    “म अभिमन्यु होइन,
    चक्रव्यूहभित्र पस्न मात्र होइन,
    त्यसलाई तोडेर बाहिर निस्कन पनि जान्दछु ।”
    ..........................................................
    अर्जुनले कहिल्यै कृष्णको नियतमा शंका गरेनन्,
    कृष्णले कहिल्यै अर्जुनको लक्ष्य भंग गरेनन् ।

    तिमीले शंका गरेर के हुन्छ?
    जति शंका बढ्छ, उति भ्रष्टहरूको लंका जल्छ ।

    महाभारतझैं,
    परिणामको संकेत स्पष्ट छ-
    को, कहाँ, कहिले ढल्छ यो पनि भन्नुपर्छ ? 

    "कृष्णले" अस्त्र नउठाउने निर्णय गर्नु,
    "अर्जुनले" कृष्णलाई मात्र रोज्नु:
    विश्वासको प्रमाण थियो ।

    आज पनि:
    नीति र पराक्रम
    एकै दिशामा छन् ।

    कर्मको मैदानमा
    दुवै बराबर छन्
    कृष्णझैं रणनीति,
    अर्जुनझैं प्रहार ।

    शत्रु को? मित्र को?
    सबै प्रष्ट छ ।
    कसले देश लुट्यो,
    कसले  सिस्टम लुट्यो थाहै छ !

    अनि…
    अब पनि देश बन्दैन त?

    समय भन्छ—
    अब कुनै बहाना चल्दैन ।

    (रचनाकार : प्रदिप न्यौपाने )

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रदिप न्यौपाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।