देवदह। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ५ को अध्यक्ष पदको उम्मेदवारका लागि नेकपा माओवादी केन्द्रबाट बम बहादुर श्रीसको नाम सिफारिस भएको छ। देवदहका बरिष्ठ युवा व्यावसायी तथा समाजसेवी श्रीसको नाम अध्यक्ष पदको उम्मेद्वारको लागि सिफारिस गरिएको हो।
देश माओवादी केन्द्रको एजेन्डाले चलेको र समृद्द वडा निर्माणका लागि र विशुद्द जनताको सेवाको लागि आफुले वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको श्रीसले बताए। वडा वासीले आफुलाई विश्वास गर्ने बताउंदै श्रीसले पछिल्लो समय आफ्नो पहलमा देवदह वडा नम्बर ५ को सगरमाथा तोलामा खानेपानीको सुविधाको लागि प्रदेश सरकार बाट ७ लाख विनियोजन भएको ,देवदह ५ कै मितेरी गाउँमा नालीको लागि प्रदेश सरकार बाट ३५ लाख विनियोजन भएको बुद्द धर्मावलम्बीको गुम्बाको ट्रस्ट निर्माणलागि ७ लाख देवदह ५ को प्रगति टोल गोपाल गुरुङको घर देखि कलुवा चोक सम्म सडक मर्मतका लागि १० लाख विनियोजन गर्न पहल गरेको श्रीसले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology