Logo

२०८३, श्रावण ३०गते


images
images

कलिवुड

चलचित्र ‘लाली बजार’ को प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश

चलचित्र ‘लाली बजार’ को प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश

images
  • चलचित्र ‘लाली बजार’ को प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश
    images
    images

    काठमाडौं ।  नेपाली चलचित्र ‘लाली बजार’ को प्रदर्शन रोकिएको छ ।  पाटन उच्च अदालतले चलचित्रको प्रदर्शन नगर्न नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि प्रदर्शन रोकिएको हो ।

    images
    images
    images

    चलचित्रको प्रदर्शन रोक्न माग गर्दै रोशनी नेपालीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले तत्काल प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । चलचित्र बैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

    images
    images
    images

    यम थापाको निर्देशनमा बनेको 'लाली बजार' लाई बैशाख २२ गतेसम्म प्रदर्शन नगर्न अदालतले आदेश दिएको छ । आदेशमा भनिएको छ- 'सम्प्रदायका मानिसहरूको मान-मर्यादा इज्जत प्रतिष्ठा र आत्मसम्मानमा आघात पुग्ने कसैप्रति घृणा द्वेष वा वैमनस्यता उत्पन्न गर्ने साम्प्रदायिक दुर्भावना फैलाउने जस्ता शब्द-चित्रसहितका चलचित्रहरूको प्रदर्शन गर्ने कुरामा नियन्त्रण कायम गर्न नेपालको संविधान एवम् प्रचलित कानूनद्वारा निर्देशित दायरामा रही प्रभावकारी रूपमा नियमनकारी भूमिका निर्वाह गर्नु,भनी चलचित्र बोर्ड तथा चलचित्र जाँच समितिका नाउँमा निर्देशनात्मक आदेशसमेत जारी भएको परिप्रेक्ष्यमा प्रस्तुत रिट निवेदनमा उठाइएका विषयबस्तुले निवेदकसमेतलाई अपूरणीय क्षति पुग्ने देखिँदा सुविधाको सन्तुलनका आधारमा मिति २०८३ बैशाख २२ गते सम्म सार्वजनिक रुपमा 'लाली बजार'नामक चलचित्र प्रदर्शन गर्ने कार्य नगर्नु नगराउनु भनी विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ ।

    images
    images
    images

    यसअघि सर्वोच्च अदालतले पनि छुवाछुत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रसार गर्न नपाइने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै चलचित्र विकास बोर्डलाई कानुनी दायराभित्र रहेर नियमनकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको थियो । 

    वादी समुदायका महिलाको संघर्षमा आधारित ‘लाली बजार’ मा अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ भने रवीन्द्र सिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, बालकलाकार समाइरा थापासँगै डेब्यु कलाकारद्वय प्रशंसा सुवेदी र  विशाल देवकोटाको अभिनय रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चलचित्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।