देवदह । अत्यधिक धुलोका कारण स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै पुर्वपश्चिम लोकमार्गको देवदह स्थित पिपलडाँडा डाइभर्सनमा करिब आधा घण्टा चक्काजाम गरिएको छ । निर्माणकर्ताले नियमित पानी नहालेको भन्दै स्थानीयले चक्काजाम गरेका हुन् ।
सडकमा ड्रम लगाएतका सामग्री तेर्साएर स्थानीयहरूले बाटोमा नियमित पानी हालेर धुलो नियन्त्रण गर्नुपर्ने माग गरे । आफुहरूले विभिन्न निकायमा खबर गरिरहेपनि चार दिनदेखि पानी नहालीएको र धुलोका कारण घरमा बस्नै सक्ने अवस्था नरहेको भन्दै स्थानीयले आक्रोश पोखे ।
सेतोमसीसंग कुरागर्दै स्थानीय कमल पाण्डेले नगरपालिका, निर्माणको जिम्मा लिएको ठेकेदार लगायत कोहि पनि सम्बन्धित निकाय जिम्मेवार नभएको र सबैलाई अनुरोध गर्दागर्दै थाकेपछी बाध्यभएर सडकमा निस्किनुपरेको बताए ।
बन्द खुलाउन आएको प्रहरी टिमसंग समेत आक्रोशित हुँदै स्थानीयले राज्यका कुनैपनि निकायले आफुहरूको समस्यालाई गम्भीर रुपमा नलिएको गुनासो गरेका थिए । बाटोमा नियमित पानी हाल्न पहल गर्ने आश्वासनपछि बाटो खोलिएको जनाईएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology