Logo

२०८३, आश्विन ११गते


images
images

वुमेन्स च्यालेन्ज ट्रफी

वुमेन्स च्यालेन्ज ट्रफीमा नेपाल भानुआटूसँग पराजित

वुमेन्स च्यालेन्ज ट्रफीमा नेपाल भानुआटूसँग पराजित

images
  • वुमेन्स च्यालेन्ज ट्रफीमा नेपाल भानुआटूसँग पराजित
    images
    images

    काठमाडौं । जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी अन्तर्गतको खेलमा नेपाल भानुआटुसँग पराजित भएको छ । शुक्रबार सम्पन्न खेलमा नेपाल भानुआटूसँग २२ रनले पराजित भएको हो ।

    images
    images
    images

    भानुआटुले दिएको ९८ रनको लक्ष्य पछाएको नेपाल १५.३ ओभरमा अलआउट हुदै ७५ रन मात्र बनाएको थियो । यसअघि भानुआटुले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर ९७ रन बनाएको थियो । 

    images
    images
    images

    यो हारपछि नेपालले ४ खेलमा २ जित र २ खेलमा हार बेहोरेको छ । त्यस्तै यसअघि लगतार तीन खेलमा हार बेहोरेको भानुआटुले पहिलो जित हासिल गरेको छ ।

    images
    images
    images

    रुवाण्डा क्रिकेट संघले आयोजना गर्ने पहिलो आइसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १८ देखि मे २ सम्म हुदैछ । यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीहरूमा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपेली क्षेत्रबाट इटाली, पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा रहेका छन् ।

    नेपालले अर्को खेल अप्रिल २६ मा अमेरिकासँग, अप्रिल २८ मा रुवाण्डासँग, अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।