Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

गैरआवासीय नेपालीसम्बन्धी कानुनको मस्यौदामाथि अन्तरक्रिया

गैरआवासीय नेपालीसम्बन्धी कानुनको मस्यौदामाथि अन्तरक्रिया

images
  • गैरआवासीय नेपालीसम्बन्धी कानुनको मस्यौदामाथि अन्तरक्रिया
    images
    images

    काठमाडौँ । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपालीसम्बन्धी कानुनको मस्यौदामाथि गैरआवासीय नेपाली संघसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

    images
    images
    images

    अन्तरक्रियामा संघका अध्यक्ष तथा पूर्वअध्यक्षहरूले मस्यौदामाथि सुझाव दिएका थिए । उनीहरूले नेपालको संविधानमा उल्लेखित सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारसँग मेल खाने गरी गैरआवासीय नेपालीका आकांक्षालाई समेट्नुपर्नेमा जोड दिएका छन् ।

    images
    images
    images

    कार्यक्रमको सुरुवातमा परराष्ट्र सचिव अमृत बहादुर राईले गैरआवासीय नेपाली संघलाई मन्त्रालयको विश्वसनीय साझेदारका रूपमा लिँदै आगामी दिनमा सहकार्य अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरेका थिए ।

    images
    images
    images

    त्यस्तै कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले उक्त मस्यौदा आगामी संसद् अधिवेशनमा पेश गर्ने योजना रहेको जानकारी दिए । उनले संविधानका लक्ष्य र भावनालाई स्पष्ट रूपमा प्रस्तुत गर्दै त्यसको व्यवहारिक कार्यान्वयन सुनिश्चित गर्न आवश्यक रहेकोमा पनि जोड दिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गैरआवासीय नेपाली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।