Logo

२०८३, आश्विन ९गते


images
images

अब अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन हुने, आन्तरिक पनि १८ घण्टा चल्ने

अब अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन हुने, आन्तरिक पनि १८ घण्टा चल्ने

images
  • अब अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन हुने, आन्तरिक पनि १८ घण्टा चल्ने
    images
    images

    काठमाडौं । आगामी जेठ १५ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आउने भएका छन् । नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने भएको हो ।

    images
    images
    images

    बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित रुपन्देहीको भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन गरिने प्राधिकरणले जनाएको छ ।

    images
    images
    images

    प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि विमानस्थल २४ सै घण्टा सञ्चालन गर्न लागिएको बताएका छन ।

    images
    images
    images

    त्यसैगरी आन्तरिक तर्फ रात्रिकालीन उडानयोग्य पूर्वमेचीदेखि सुदूरपश्चिम धनगढीसम्मका विमानस्थमा अब राति १२ बजेसम्म सेवा सञ्चालन हुने भएको छ । नियामक प्राधिकरणले भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

    यसले काठमाडौं विमानस्थलको विद्यमान उडान चाप पनि व्यवस्थापन हुने तथा कोभिड कहरपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ । प्रादेशिकरुपमा आर्थिक गतिविधि बढ्नेछन् । उडान चापले यात्रा डिले हुँदा घण्टांँसम्म यात्रुले विमानस्थलमा निकै सास्ती व्यहोर्दै आएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।