Logo

२०८३, श्रावण २७गते


images
images

मुसिकोटको लुग्रुङ गाउँ नै नेपाली काँग्रेसमा प्रवेश !

मुसिकोटको लुग्रुङ गाउँ नै नेपाली काँग्रेसमा प्रवेश !

images
  • मुसिकोटको लुग्रुङ गाउँ नै नेपाली काँग्रेसमा प्रवेश !
    images
    images

    गुल्मी । वैशाख ३० गतेको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा विभिन्न पार्टीहरूमा प्रवेश गर्नेहरूको लहर बढ्दै गइरहेको छ । सोही क्रममा गुल्मीको मुसिकोट नगरपालिका वडा नं २ को सिगों एक गाउँ नै नेपाली काँग्रेसमा प्रवेश गरेको कांग्रेस नेताहरूले दावी गरेका छन् ।

    नवप्रवेशीहरुलाई काँग्रेस नेताहरुले खादा र अविर लगाएर पार्टीमा स्वागत गरे । सो क्रममा नेकपा एमालेका नेता बाबुलाल नेपाली, कृष्ण थापा श्रीराम लगायतका अन्य युवा तथा वृद्धहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

    आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै  काँग्रेसको तर्फबाट मुसिकोट नगरपालिकाका मेयर पदका उम्मेदवार हरिनारायण सापकोटाले लुग्रुङ गाउँलाई नेपाली काँग्रेसमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले नेपाली काँग्रेसले सामान्य नागरिकका जनजिविकाका सवाल र आधारभूत मौलिक अधिकार प्रत्याभूत हुने गरी कार्यक्रमहरु ल्याएकाले दुःख अभाव र जनताका पीडासगं सगैं हातेमालो गरेर अघि बढ्ने बताएका थिए ।

    कार्यक्रममा नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति सभापति मोहन घिमिरे, जिल्ला कार्यसमिति सदस्य योगेन्द्र श्रेष्ठ,महाधिवेशन प्रतिनिधि ज्ञानु सापकोटा, काँग्रेस मुसिकोट वडा नं २ का पूर्व वडासभापतिहरु अर्जुन सिहं ठकुरी,धनिश्वर घिमिरे,अघिल्लो स्थानीय निर्वाचनमा नेपाली काँग्रेस मुसिकोट वडा नं २ वडाअध्यक्ष पदका उम्मेदवार रामु केसी,क्षेत्रीय सदस्य दिपक कुमार महत लगायतका नेताहरुले बोलेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।