Logo

२०८३, आश्विन ९गते


images
images

प्राथमिक उपचार

११४ महिला सहित १५१ ले लिए महानगरको प्राथमिक उपचार तालिम

११४ महिला सहित १५१ ले लिए महानगरको प्राथमिक उपचार तालिम

images
  • ११४ महिला सहित १५१ ले लिए महानगरको प्राथमिक उपचार तालिम
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडाहरुमा सञ्चालन गरिएको प्राथमिक उपचार तालिममा १५१ जना प्रशिक्षित हुँदा ११४ जना महिला रेहका छन् ।

    images
    images
    images

    हरेक वडामा २५ जनालाई तालिम दिने लक्ष्यसहित चैत १५ गतेदेखि थालिएको तालिमअन्तर्गत अहिलेसम्म वडा नं. १, ९, १२, १४, १५ र २६ गरी ६ वटा वडामा सम्पन्न भएको छ । तालिम नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँगको सहकार्यमा गरिएको हो । यसका लागि २०८२ चैत ५ गते सम्झौता गरिएको थियो । 

    images
    images
    images

    सोसाइटीले ६ वटा वडामा सम्पन्न गरेको तालिमको समीक्षा गरेको छ । यस क्रममा रेडक्रस काठमाडौँका सभापति श्यामकाजी डोटेलले, तालिमका लागि ज्येष्ठ नागरिकहरुको बढी चासो आएको उल्लेख गरे ।

    images
    images
    images

    शाखाका कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधरले, तालिम प्रभावकारी रुपमा सञ्चालन भएको जानकारी दिँदै यसअघिका तालिमभन्दा यसपटकको तालिम बढी प्रभावकारी रहेको महसुस भएको उल्लेख गरिन् । महानगरपालिकाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालका अनुसार यो सेवा आपतकाल व्यवस्थापनका लागि उपयोगी हुनेछ । 

    समीक्षात्मक वैठकमा प्रशिक्षकहरु राजाराम श्रेष्ठ, पार्वती पुडासैनी, अमृता रिजाल, राजेन्द्र श्रेष्ठले अनुभव सुनाउँदै भने- 'प्रशिक्षार्थीहरु कसैलाई पनि समयमा आउनु भन्नु परेको छैन । समय नसकिँदै जान कसैले हतार गर्नुहुन्न । धेरै गृहिणी हुनुहुन्छ । कोही पनि घरको काम वितेको छ भनेर हतारिनु हुन्न । जनप्रतिनिधिहरु पनि पूरा समय दिएर सिकिरहनु भएको छ ।’ यो सबैभन्दा सवल पक्ष हो । 

    यसरी लिएको तालिमबाट प्राप्त गरेको प्रमाण पत्र नेपाल सहित १९२ देशमा मान्य हुनेछ । तालिममा दुर्घटना, चोटपटक वा स्वास्थ्यजन्य आपतकालीन परिपस्थितिमा आफू नजिक रहेका साधन तथा वस्तुको उपयोग अवस्था विग्रिन नदिने, स्थिर बनाउने र सुधार गराउने सिप सिकाइन्छ ।

    दुर्घटना, चोटपटक, अचानक विरामी पर्ने अवस्था जस्ता स्वास्थ्यजन्य आपतकालीन परिस्थितिमा विरामीलाई अस्पताल पुर्‍याउनु अघि अवस्था थप विग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो । यसका लागि घटना स्थल वरपर जे सामान तथा वस्तु पाइन्छ, त्यसैलाई प्रयोग गरेर जीवन बचाउने तथा अवस्था थप विग्रिन नदिने वा उपचारका लागि अस्पताल लैजाने विधि सिकाइन्छ । 

    यसमा दुर्घटना स्थलमा आफ्नो र घाइतेको सुरक्षा, घाइतेको अवस्था प्रारम्भिक जाँच, मुटुको धड्कन वा श्वासप्रश्वास बन्द भएको व्यक्तिलाई छाती थिचेर र कृतिम श्वास दिएर पुनर्जीवित गराउने विधि (सीपीआर), रक्तश्राव नियन्त्रण गर्ने तरिका सिकाइन्छ ।

    सरीरबाट रगत बग्दा, नाकबाट रगत बग्दा नियन्त्रण गर्ने, हड्डी भाँचिएको वा मर्किएको थाहा पाउने, घाँटीमा केही अड्किएको निकाल्ने, आगो, तातो पानी वा कुनै रसायनले पोल्दा गर्नुपर्ने पहिलो रोकथाम र बचावट, सर्प, कुकर, विच्छीजस्ता विषालु जीव वा किराले टोकेपछि गरिने रोकथाम, वेहोस भएका व्यक्तिलाई थप समस्याबाट बचाउने उपाय, विषाक्तताबाट बचाउने सिप, पानीमा डुवेको, करेन्ट लागेको अवस्थाबाट बचाउने, घाइते वा विरामीलाई ओसार्ने विधिको सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिन्छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्राथमिक उपचार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।