Logo

२०८३, श्रावण २७गते


images
images

स्वास्थ्य

स्वास्थ्य क्षेत्रमा पनि दुई दिन सार्बजनिक बिदा लागु हुने

स्वास्थ्य क्षेत्रमा पनि दुई दिन सार्बजनिक बिदा लागु हुने

images
  • स्वास्थ्य क्षेत्रमा पनि दुई दिन सार्बजनिक बिदा लागु हुने
    images
    images

    काठमाडौँ । स्वास्थ्य मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएसँगै स्वास्थ्य सेवामा कुनै असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाइएको जनाएको छ ।

    images
    images
    images

    मन्त्रालयका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको हो । सोही सन्दर्भमा बिरामीको निरन्तर उपचार सुनिश्चित गर्न स्वास्थ्य संस्थाहरूलाई आवश्यक निर्देशन दिइएको छ ।

    images
    images
    images

    आइतबारका लागि पूर्वनिर्धारित शल्यक्रियाहरू बिरामीको सहजता अनुसार पुनः तालिका मिलाइनेछ भने अन्तरंग र आकस्मिक सेवा भने सधैँझैँ २४सै घण्टा सञ्चालनमा रहने मन्त्रालयले स्पष्ट पारेको छ ।

    images
    images
    images

    बिदाका दिनमा बिरामीले समस्या नपरोस् भनी अस्पतालहरूलाई सम्भव भएसम्म सेवा उपलब्ध गराउन, सेवा उपलब्ध नभए नजिकको उपयुक्त अस्पतालमा सहज रूपमा पठाउन तथा एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।

    यसका साथै बिदाका दिन उपलब्ध सेवाबारे जानकारी अस्पतालको वेबसाइट र सूचनापाटीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ । मन्त्रालयले अस्पताल सुधार कार्यविधि २०८२ पूर्ण रूपमा लागू गर्दै आगामी दिनमा स्वास्थ्य सेवालाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।