Logo

२०८३, कार्तिक २६गते


images
images

अपराध

गैंडाको खागसहित चार जना पक्राउ

गैंडाको खागसहित चार जना पक्राउ

images
  • गैंडाको खागसहित चार जना पक्राउ
    images

    सुनसरी । सुनसरीको बर्जु गाउँपालिका-६ बर्जुतालको पूर्वी गेट इलाकाबाट  गैडाको खाग जस्तो देखिने बस्तुसहित चार जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    केही व्यक्तिहरुद्वारा खागको अवैध कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    मोलमोलाई गरिरहेकै अवस्थामा उल्लेखित वस्तुसहित बर्जु गाउँपालिका-६ चिमडी बस्ने ३९ बर्षिय राजेशकुमार उराउ, ३१ बर्षिय जीवन चौधरी, सोही गाउँपालिका-५ अमाहीबेला बस्ने ३३ बर्षिय रविनकुमार यादव र मोरङ जिल्लाको पथरीशनिश्चरे नगरपालिका-१ फिल्महल लाइन बस्ने ४७ बर्षिय नारायणप्रसाद घिमिरेलाई नियन्त्रणमा लिइएको हो ।  

    images
    images

    सशस्त्र प्रहरीले उनीहरुलाई उल्लेखित बस्तु तथा  प्र १-०३-००१ प ०२२८ र को ३६ प ६२१८ नम्बरको मोटरसाइकल, ४ थान मोबाइल सेट तथा करीब ६ हजार रुपैयाँसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान लागि जिल्ला वन कार्यालय इनरुवा सुनसरीमा बुझाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गैंडा
  • # गैँडाको खाग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।