गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रबर्द्न गर्ने उदेश्यका साथ सञ्चालन भएको चौथो गुल्मी महोत्सवको ४ दिनमै २५ हजार बढि दर्शकहरुले अवलोकन गरेका छन् । दैनिक रुपमा अवलोकन गर्ने दर्शकको संख्याबढी रहेको उद्योग बाणिज्य संघ गूल्मीका वरिष्ठ उपाध्यक्ष रामप्रसाद पन्थीले बताए ।
साँस्कृतिक कार्याक्रम अवलोकन गर्न गाउँदेखि शहरसम्मका दर्शकहरु आउँने गरेका छन । दैनिक जसो साँस्कृतिक कार्यक्रमहरु हुने मेलामा स्थानिय स्तरमा उत्पादन हुने कृषि,पशुपन्छीलाइ बिशेष प्रथामिकता दिएको छ।
दिनमा हजारौको सख्यामा महोत्सव हेर्न गाउँदेखि आउने दर्शकले भने राष्ट्रिय कलाकारहरुको प्रस्तुति ढिला हुने भएकाले आफुहरुले हेर्न नपाएको दू:ख व्यक्त गरेका छन । गाउँदेखि महोत्सव हेर्न आउँने तर गाडि छिटो छुट्ने समस्याले गर्दा पुरै कार्याक्रम र रास्ट्रिय कलाकारको प्रस्तुति हेर्न नपाएको मालिका ५ नेटाकि दिलकुमारि पुनले बताइन् ।
गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ सुरु भएको महोत्सव बैशाख ४ गतेसम्म चल्ने छ ।
१० दिनसम्म चल्ने महोत्सवमा साँस्कृति कार्यक्रमको संयोजन लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले समन्वय गरेको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए । महोत्सवमा बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु, बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि महोत्सव अबधीभर प्रर्दशन गरिएको छ ।
महोसत्वको पाचौं दिन आज कलाकारहरुमा रामजी खाँण, प्रिती आले, नारायण बिपि परियार, उज्जवल गिरी , सितल शर्मा, बसन्त लम्साल, सरिता दान्कुटी , सुरि मगर, बिनोद बिष्ट, बबिता बोहोरा लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology