काठमाडौं । सर्वोच्च अदालतले कांग्रेस नेता एवं पूर्व ऊर्जामन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ ।
कामु प्राधनन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले खड्कालाई दिइएको पक्राउ पूर्जी र म्याद थप कानुन संगत नदेखिएको ठहर गर्दै तत्काल थुनामुक्त गर्न आदेश दिएको हो ।
आदेशमा भनिएको छ- 'खड्कालाई हिरासत बाहिर बसेर नै अनुसन्धान गर्न सकिने प्रकृतिको देखिएको निष्कर्ष निकाल्दै सम्बन्धित अदालतबाट अनुमति लिएरमात्र विदेश जान दिनू ।'
खड्काको रिहाइका लागि उनकी पत्नी बिनिता थापाले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology