Logo

२०८३, श्रावण २७गते


images
images

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

images
  • काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
    images
    images

    काठमाडौँ ।  नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । 

    images
    images
    images

    बुधबारदेखि शुरु भएको बैठक आज दिउसो १ बजे केन्द्रीय कार्यालयमा पुनः बस्ने कावा मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिएका छन् ।

    images
    images
    images

    आजको बैठकमा काँग्रेसले गठन गरेको कार्की आयोगको प्रतिवेदन अध्ययन कार्यदलले तयार गरेको अध्ययनको निष्कर्षको बारेमा छलफल हुने भएको छ । 

    images
    images
    images

    यसअघि बुधबारको बैठकले उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहने गरि कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको गठन गरेको थियो भने उपसभापति पुष्पा भुसाल संयोजक रहने गरि कांग्रेस निर्वाचन व्यूरोको गठन गरेको थियो ।

    त्यस्तै बैठकले महामन्त्री प्रदिप पौडेल संयोजक रहने गरि पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन गरेको छ भने महामन्त्री गुरुराज घिमिरे संयोजक रहने गरि कांग्रेस संगठन परिचालन तथा समन्वय समिति गठन गरेको थियो । त्यस्तै बैठकले केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संयोजकत्वमा अन्य राजनीतिक दल संवाद समिति गठन गरेको थियो भने केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको संयोजकत्वमा कांग्रेसको मर्यादाक्रम निर्धारण समिति गठन गरिएको थियो ।

    त्यस्तै बैठकले पार्टीमा वृहत्तर एकता कायम गर्दै १५ औं महाधिवेशन निर्धारित समयभित्रै सम्पन्न गर्न पार्टीका सबै नेता कार्यकर्ताहरुसँग संवादका लागि सभापति गगनकुमार थापालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।