Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षा

देवदहमा संस्थागत विद्यालयको १० प्रतिशत छात्रवृत्ति अनिवार्य गरिदै

देवदहमा संस्थागत विद्यालयको १० प्रतिशत छात्रवृत्ति अनिवार्य गरिदै

images
  • देवदहमा संस्थागत विद्यालयको १० प्रतिशत छात्रवृत्ति अनिवार्य गरिदै
    देवदह नगरपालिका कार्यालय भवन । तस्विर : सेतोमसी
    images
    images

    देवदह । देवदह नगरपालिकाले संस्थागत विद्यालयलाई १० प्रतिशत छात्रवृत्ति अनिवार्य गर्न प्रकृया थालेको छ । चैत्र ३० गते बसेको नगर शिक्षा समितिको बैठकले छात्रवृत्ति कार्यक्रमलाई व्यवस्थित गर्नका निम्ति ७ सदस्यीय नगर स्तरीय छात्रवृत्ति व्यवस्थापन समिति गठन गरेसँगै प्रक्रृया सुरुवात भएको हो । 

    images
    images
    images

    व्यवस्थापन समितिको बुधवार बसेको बैठकले बैशाख ३ गते दिउँसो २ बजे संस्थागत विद्यालयका प्रधानाध्यापकहरु बिच अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको नगर प्रवक्ता एवम् संयोजक गणेश डुम्रेले जानकारी दिए । 

    images
    images
    images

    १० प्रतिशत छात्रवृत्तिमा एकरुपता कायम गर्न तथा थप व्यवस्थित र लक्षित वर्ग केन्द्रित बनाउन संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि २०७४ बमोजिम विद्यालयहरुलाई निर्देशन दिइएको संयोजक डुम्रेले बताए । 

    images
    images
    images

    ‘विद्यालयले छात्रवृत्तिको लागि कोटा निर्धारण गर्ने, कोटा अनुसार आवेदन दिन सूचना आव्हान गर्ने र परिक्षा सञ्चालन गरेपछि विद्यार्थीहरुको नाम सार्वजनिक गर्ने गरि संस्थागत विद्यालयहरुलाई निर्देशन दिइएको छ ।’ डुम्रेले भने, ‘छात्रवृत्ति कार्यक्रम संस्थागत विद्यालयहरुले यसअघिपनि वितरण गर्ने गरेको तर पारदर्शितामा प्रश्न उठेपछि यो पटक एकरुपताको लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको हो ।’

    बुधवार बसेको बैठकले संस्थागत विद्यालयको छात्रवृत्ति वितरण कार्यविधि २०७४ बमोजिम ३ दिन भित्र विद्यालयस्तरीय छात्रवृत्ति वितरण समिति गठन गरि जानकारी गराउन समेत अनुरोध गरेको छ । 

    त्यसैगरी छात्रवृत्ति वितरण प्रयोजनार्थ बैशाख ९ गते १५ दिनको समय तोकी सार्वजनिक सूचना प्रकाशन गर्न समेत विद्यालयहरुलाई निर्देश गर्दै बैशाख २५ गते छात्रवृत्ति छनोटको लागि परिक्षा सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरिएको जनाइएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छात्रवृत्ति
  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।