Logo

२०८३, आश्विन ९गते


images
images

खैरेनीमा देवदह कला प्रतिष्ठानको सांस्कृतिक उत्सव

खैरेनीमा देवदह कला प्रतिष्ठानको सांस्कृतिक उत्सव

images
  • खैरेनीमा देवदह कला प्रतिष्ठानको सांस्कृतिक उत्सव
    images
    images

    देवदह । देवदहमा नयाँ वर्ष २०८३ को अवसरमा सांस्कृतिक कार्यक्रम तथा लाइभ कन्सर्ट भएको छ । देवदह कला प्रतिष्ठानको आयोजनामा मंगलवार देवदह नगरपालिका–५ खैरेनी चोकमा ‘देवदह न्यू इयर इभेन्ट २०८३’ भएको हो ।

    images
    images
    images

    कार्यक्रममा देवदह क्षेत्रका कलाकारहरूको सांगीतिक प्रस्तुति रहेको प्रतिष्ठानका अध्यक्ष तेजु आर्यालले सेतोमसीलाई बताए ।

    images
    images
    images

    कन्सर्टमा विभिन्न मेला-महोत्सवमा गायन र नृत्यतर्फ उत्कृष्ट घोषित आइडलहरूसंगै थारु, मगर, गुरुङ र नेवारी समुदायका सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

    images
    images
    images

    स्थानीय कला, संस्कृति तथा प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । नयाँ वर्षलाई सांस्कृतिक उत्सवका रूपमा मनाउन कार्यक्रम गरिएको अध्यक्ष अर्यालको भनाइ छ ।

    देवदह कला प्रतिष्ठानको व्यानर सार्वजनिक 

    यसै बीच देवदह नगरपालिका उप-प्रमुख विद्यालक्ष्मी गुरुङले देवदह कला प्रतिष्ठानको व्यानर सार्वजनिक गरेकी छन् । 

    देवदह नगरपालिकामा दर्ता गरिएको प्रतिष्ठानले गर्न लागेको यो पहिलो कार्यक्रम हो । 

    राष्ट्रिय कलाकार तेजु अर्याल अध्यक्ष रहेको प्रतिष्ठानमा विश्व गुरुङ उपाध्यक्ष, एनवि नेपाली सचिव,  कृष्णा घले कोषाध्यक्ष र दिनेश चौधरी 
    सहसचिव छन् । प्रतिष्ठानको कार्य समितिमा कलाकार भगेन्द्र विश्वकर्मा लगायत रहेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह कला प्रतिष्ठान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।