Logo

२०८३, आश्विन १०गते


images
images

१८ बर्षिय किशोरले चलाएको जेसीवीले विजुलीको पोललाई ठक्कर दिँदा देवदहमा विद्युत अबरुद्ध

१८ बर्षिय किशोरले चलाएको जेसीवीले विजुलीको पोललाई ठक्कर दिँदा देवदहमा विद्युत अबरुद्ध

images
  • १८ बर्षिय किशोरले चलाएको जेसीवीले विजुलीको पोललाई ठक्कर दिँदा देवदहमा विद्युत अबरुद्ध
    images
    images

    देवदह । देवदहको खैरेनीमा जेसीवीले बिजुलीको पोलमा ठक्कर दिएको छ । सुनवलको ज्यामीरेबाट बुटवलतर्फ जाँदै गरेको लु १ क ५१४४ नम्बरको जेसीवीले पोललाई ठक्कर दिंदा विद्युत प्रशारण अबरुद्ध भएको छ ।

    गुल्मी घर बताउने १८ बर्षिय मिलन खत्रीले चलाएको  जेसीवीले विजुलीको पोललाई ठक्कर दिएको हो । जेसीवी नियन्त्रणमा लिईएको र ड्राईभर तथा सवारी धनीको खोजी भैरहेको देवदह प्रहरी चौकीले जनाएको छ ।

    जेसीवी चलाएका खत्रीका अनुसार उक्त साधन ड्राइभरटोल निवासी गोपाल थापाको हो । काम सकिएपछि ड्राइभरले जेसीवी छोडेर आउन भनेकोले आफुले गाडी लिएर आएको खत्रीले बताएका छन् । १८ बर्षका खत्रीसंग सवारी लाइसेन्स छैन ।

    विद्युतको पोलमा ठक्कर दिएपछि पोल पुर्णरूपमा क्षतिग्रस्त भएको छ । जसले गर्दा खैरेनी आसपासको क्षेत्रमा विद्युत प्रशारण अबरुद्ध भएको नेपाल देवदह कार्यालय देवदहले जनाएको छ ।

    बिचबाट भाँचिएको उक्त पोल मर्मत नहुने र त्यसको स्थानमा अर्को पोलको व्यवस्थापन गर्नुपर्ने भएकोले भोलिमात्रै नियमित विद्युत सुचारु हुनसक्ने विद्युत कार्यालयले बताएको छ । विद्युत कार्यालयका प्राविधिकका अनुसार बुद्धचोक र खैरेनी ट्रान्सर्फमरको सेवा अबरुद्ध हुनेछ ।


    जेसीवी चलाएका  १८ बर्षिय किशोर मिलन खत्रीले आफुलाई कुनैपनि चोटपटक नलागेको बताएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।