Logo

२०८३, आश्विन ९गते


images
images

कोभिड - १९ अपडेट

महोत्तरीमा २२ देखि ३१ सम्म निषेधाज्ञा, अक्सिजन सहितको आइसोलेसन व्यवस्था गर्न अनुरोध  

महोत्तरीमा २२ देखि ३१ सम्म निषेधाज्ञा, अक्सिजन सहितको आइसोलेसन व्यवस्था गर्न अनुरोध  

images
  • सेतोमसी सहकर्मी
  • महोत्तरीमा २२ देखि ३१ सम्म निषेधाज्ञा, अक्सिजन सहितको आइसोलेसन व्यवस्था गर्न अनुरोध  
    images
    images

    राजेन्द्र कुमार ठाकुर, महोत्तरी । तिव्र रुपमा फैलिँदै गइरहेको कोरोना महामारी नियन्त्रण गर्न स्थानीय प्रशासनले महोत्तरीमा बुधबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले वैशाख २२ गतेदेखि ९ दिनसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    अगामी वैशाख २२ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मको लागि जिल्ला भरि निषेधाज्ञा जारी गर्ने निर्णय भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए । उनले निषेधाज्ञा अवधिमा अतिआवश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गर्दै उलंघन गरे कारबाही हुने समेत चेतावनी दिए ।

    images
    images
    images

    बैठकले प्रत्येक स्थानीय तहलाई आइसोलेशन, २०–२० वटा अक्सिन सिलिण्डर हाललाई व्यवस्था मिलाउन , सबै स्वास्थ्यकर्मीलाई अनिवार्य रुपमा परिचालन गर्न, सरकारी कार्यालयहरुमा अतिआवश्यक कार्यहरु जारी राख्न तथा स्वास्थ्यकर्मी समेतलाई मास्क, सेनिटाइजर उपलब्ध गराउने र स्वास्थ्य सुरक्षामा ध्यान दिन निर्देशन दिने निर्णय गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।