Logo

२०८३, आश्विन १०गते


images
images

अर्थमन्त्रीको गुरिल्लागिरीबाट अर्थतन्त्रलाई मुक्त गर्ने होइन भने देश टाट पल्टिन्छ : रिमाल

अर्थमन्त्रीको गुरिल्लागिरीबाट अर्थतन्त्रलाई मुक्त गर्ने होइन भने देश टाट पल्टिन्छ : रिमाल

images
  • अर्थमन्त्रीको गुरिल्लागिरीबाट अर्थतन्त्रलाई मुक्त गर्ने होइन भने देश टाट पल्टिन्छ : रिमाल
    images
    images

    पत्रपत्रिका / प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णयलाई कडा आलोचना गरेको छ।

    images
    images
    images

    एमाले उपमहासचिव विष्णु रिमालले आफ्नो अक्षमता छोप्न अर्थमन्त्री जनार्दन शर्माले गभर्नरलाई निशाना बनाएको टिप्पणी गरेका छन्।

    images
    images
    images

    ‘आफ्नो अक्षमता छोप्न अरूमाथि जाई लाग्नेलाई हाम्रो तिर भन्थे-“ढङ्ग मरु-कसो गरूँ?!” निरन्तर बिग्री रहेको अर्थतन्त्रलाई ठीक बाटोमा ल्याउन सबैसंग सहयोगको याचना गर्नुपर्ने बेला प्रिय अर्थ मन्त्रीजी, अर्थ’कै ‘बैधानिक’ सल्लाहकार- गभर्नरलाई  निलम्बन गरेर महान काम गर्नुभयो! क्यावात्,’ रिमालले ट्वीटरमार्फत व्यांग्यात्मक शैलीमा आलोचना गरेका छन्।

    images
    images
    images

    उनले अमेरिकाबाट ४० करोड भित्र्याउन दबाब दिनु र अहिले गभर्नरको निलम्बन हुनु संयोगमात्रै नभएको बताएका छन्। ‘हिजो अस्ति के कसो करोड-सरोड को चर्चा हुनु, आज “अटेर-गभर्नर”लाई निलम्बन गर्नु “स्याल कराउनु र बाख्रा हराउनु” जस्तै हो त?’ उनले प्रश्न गरेका छन्।

    एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पनि गभर्नरको निलम्बनले देशलाई श्रीलंकाको बाटोमा लैजाने टिप्पणी गरेका छन्।

    ‘तस्करीको लाइन खुलाएर अर्थतन्त्र ध्वस्त बनाउने अर्थमन्त्रीलाई बर्खास्त गनुपर्नेमा अर्थतन्त्र सुधारका लागि सरकारलाई सुझाव दिइरहेका गभर्नरलाई निलम्बन गरेर परमादेशी सरकारले 'टाउको दुखेको औषधी नाइटोमा' लगाएको छ,’ उनले भनेका छन्, ‘यसले मुलुकलाई द्रूततर गतिमा श्रीलंकाको बाटोमा लैजानुबाहेक केही गर्दैन।’

    उनले ‘अर्थतन्त्रका बारेमा कुनै सरोकार नभएका र 'अर्थ'मा मात्रै विशेष रुचि भएका जनार्दन शर्माका गुरिल्ला गिरीबाट अर्थतन्त्रलाई मुक्त गर्ने होइन भने देश टाट पल्टिने दिशामा दौडिनबाट कसैले रोक्न नसक्ने’ पनि उल्लेख गरेका छन्।

    यसअघि राप्रपा अध्यक्ष कमल थापाले पनि निलम्बनको निर्णयलाई अदुरदर्शी, गैरजिम्मेवार र निन्दनीय भन्दै सच्याउन माग गरेका थिए।

    अन्नपुर्ण पोष्ट दैनिकमा समाचार छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।