काठमाडौं । एरिका गुरुङ चीनमा जारी कराते वान प्रिमियर लिगको फाइनलमा प्रवेश गरेकी छन् ।
सेमिफाइनलमा इटलीकी फेराकुट्टी क्लेअलाई ८-३ ले पराजित गर्दै एरिका फाइनलमा पुगेकी हुन् ।
एरिकाले उपाधिका लागि कजाखस्तानकी सोफिया बेरुत्सेभासँग खेल्नेछिन् ।
यसअघि टर्किएमा भएको कराते वान प्रिमियर लिगमा पनि एरिकाले फाइनलमा सोफियासँगै खेलेकी थिइन् । त्यसबेला एरिका पराजित भएकी थिइन् ।
फाइनल खेल भोलि हुनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology