Logo

२०८३, आश्विन १०गते


images
images

पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य बढ्याे

पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य बढ्याे

images
  • पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य बढ्याे
    images
    images

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहिवार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा १७ र डिजेल मट्टितेलमा २५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो ।

    images
    images
    images

    मुल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर २१९ पर्ने भएको छ भने डिजल- मट्टीतेल प्रतिलिटर २०७ पर्ने भएको छ ।

    images
    images
    images

    त्यस्तै निगमले एलपी ग्यासमा प्रति सिलिन्डर १०० रुपैयाँ र हवाई इन्धन आन्तरिक तर्फ ६ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ । मुल्य वृद्धिपछि एलपी ग्यासको प्रति सिलिन्डर पुराको २०१० र आधाको १००५ पर्ने भएको छ ।  

    images
    images
    images

    सरकारले ५० प्रतिशत भन्सार छुट र पूर्वाधार विकास कर छुट दिदा पनि पाक्षिक रुपमा १० अर्ब २१ करोड ९१ लाख घाटा हुने अवस्था रहेको र हालको अवस्थामा निगमलाई पेट्रोलमा प्रति लिटर १६.६५ रुपैयाँ, डिजलमा १०९.५ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर ४१६.३७ रुपैयाँ घाटा रहेको बताएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रेट्राेलियम पदार्थ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।