Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षा

देवदहमा कक्षा ८ को नतिजा : ६२.८६ प्रतिशत उत्तीर्ण, १० जनाको ४ जीपीए

देवदहमा कक्षा ८ को नतिजा : ६२.८६ प्रतिशत उत्तीर्ण, १० जनाको ४ जीपीए

images
  • देवदहमा कक्षा ८ को नतिजा : ६२.८६ प्रतिशत उत्तीर्ण, १० जनाको ४ जीपीए
    images
    images

    देवदह । देवदह नगरपालिकाले आधारभूत तह (कक्षा ८) को वार्षिक परीक्षा २०८२ को नतिजा सार्वजनिक गरेको छ । बिहिवार बसेको नगर शिक्षा समितिको बैठकले नतिजा सार्वजनिक गरेको शिक्षा शाखाले जनाएको छ । 

    images
    images
    images

    सार्वजनिक नतिजा अनुसार परिक्षामा ६२.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी १,३८४ विद्यार्थीमध्ये ८७० जना उत्तीर्ण भएका हुन् ।

    images
    images
    images

    नगरमा १० जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेको नगर शिक्षा अधिकृत परशुराम ढकालले जानकारी दिए ।

    images
    images
    images

    परिक्षामा सामुदायिकतर्फका १७ वटा विद्यालयमध्ये भविष्य निर्माण माविका एक जना विद्यार्थीले मात्र ४ जिपिए प्राप्त गरेका छन् भने संस्थागततर्फका ९ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । 

    सामुदायिकतर्फ देवदह मावि उत्कृष्ट, पछ्याउँदै जनता मावि 

    प्राप्त नतिजा अनुसार देवदह मा.वि.ले ७७.७८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । ५४ जना विद्यार्थी परिक्षामा सहभागी गराएको देवदह माविले ४२ जना विद्यार्थी उत्तीर्ण गराएको हो । 

    सामुदायिक विद्यालयतर्फ देवदह माविलाई जनता मा.वि.ले पछ्याएको छ । जनताले ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । २५ जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा १९ जना विद्यार्थी उत्तीर्ण भएको तथ्यांक छ । 

    केहि सामुदायिक विद्यालयले नतिजामा सुधार गरेपनि धेरैजसो विद्यालयको उत्तीर्ण दर ५० प्रतिशतभन्दा तल रहेको देखिएको छ । परिक्षामा देवदह र जनतासहित सरस्वती आवि, महामाया भवानी मावि, जनप्रिय मावि र ज्ञानज्योति माविले मात्र ५० प्रतिशतभन्दा माथि नतिजा प्राप्त गरेका छन् ।  ती बाहेक अधिकांश सामुदायिक विद्यालयको नतिजा ५० प्रतिशत भन्दा तल रहेको छ ।

    भविष्य निर्माण मा.वि. (४७.०६%), केरवानी मा.वि. (४३.१४%), युगज्योति मा.वि. (४२.१९%) र सिता मा.वि. (४२.००%) जस्ता विद्यालय ५० प्रतिशतभन्दा तल रहेका छन् । विद्यार्थी संख्या र स्रोतको आधारमा नगरको सबैभन्दा ठुलो सामुदायिक विद्यालय केरवानी माविले समेत ५० प्रतिशत नतिजा हासिल गर्न नसकेको सार्वजनिक नतिजाको तथ्यांकले देखाउँछ । 

    यसैगरी प्रगति मा.वि. (३१.५८%) र खड्ग मा.वि. (३०.७७%) को नतिजा पनि कमजोर देखिएको छ । अझै न्यून नतिजा आउने विद्यालयहरूमा सरस्वती मा.वि., देवदह–१ (१४.७१%), सिक्टहन मा.वि. (१३.७५%), जनता आ.वि., देवदह–११ (१३.६४%), शंकर आ.वि. (१२%) र कोटही आ.वि. (६.२५%) रहेका छन् ।

    संस्थागत तर्फ ग्रीनप्लान्ट उत्कृष्ट, ४ जना विद्यार्थीको ४ जीपीए

    नतिजा विश्लेषण गर्दा संस्थागत विद्यालयहरूको प्रदर्शन सामुदायिक विद्यालयको तुलनामा राम्रो देखिएको छ । जसमा सबैभदा राम्रो नतिजा ग्रीन प्लान्ट आवासीय माविले प्राप्त गरेको छ ।  ग्रीन प्लान्टले ९६.६७ प्रतिशत उत्तीर्ण दरसहित शीर्ष स्थान हासिल गरेको छ भने सो विद्यालयबाट ४ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । 

    त्यस्तै नमूना एभरग्रीन इ.बो. स्कुल (९२.८६%), देवदह बुद्ध पब्लिक इ.बो. स्कुल (९२.३७%) र सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुल (९१.३६%) पनि उत्कृष्ट नतिजा ल्याउने विद्यालयमा परेका छन् ।

    आधारभूत तहको नतिजाबारे सेतोमसीसंग कुरा गर्दै देवदह नगर प्रमुख ध्रुव प्रसाद खरेलले समग्र नतिजामा सन्तोषजनक भएपनि अझै सुधार गर्नुपर्ने ठाउँ देखिएको बताए । विद्यालय प्रशासन र शिक्षकहरु जति व्यावसायिक हुन सक्छन्, त्यति नै शिक्षाको गुणस्तर राम्रो हुन उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।