Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षा

विद्यालयको नयाँ शैक्षिक सत्र वैशाख १५ देखि, पठनापाठन २१ गतेबाट

विद्यालयको नयाँ शैक्षिक सत्र वैशाख १५ देखि, पठनापाठन २१ गतेबाट

images
  • विद्यालयको नयाँ शैक्षिक सत्र वैशाख १५ देखि, पठनापाठन २१ गतेबाट
    images
    images

    काठमाडौँ । नयाँ शैक्षिक सत्र वैशाख १५ बाट र विद्यालयहरुमा पठनापाठन बैशाख २१ गतेबाट हुने भएको छ ।

    images
    images
    images

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रिपरिषद्‌को चैत २२ गतेको निर्णय अनुसार परिवर्तित शैक्षिक सत्र एवं सार्वजनिक बिदा अनुसार विद्यालयहरुलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न सर्कुलर जारी गरेको छ ।

    images
    images
    images

    केन्द्रले विद्यालयहरूलाई नयाँ शैक्षिक सत्रअनुसार वार्षिक कार्ययोजना निर्माण गर्न, कार्यतालिका निर्माण गर्न, विद्यालय सुधार योजना निर्माण गर्न, शिक्षकको पेशागत क्षमता विकासका कार्य गर्न र विद्यार्थी सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना निर्माण गर्न अनुरोध गरेको छ ।

    images
    images
    images

    यसअघि सरकारले वैशाख १ बाट सुरु गरेर भर्ना अभियान चलाउने गर्दथ्यो भने निजी विद्यालयहरुले त्यसभन्दा पहिलेदेखि नै शैक्षिक सत्र सुरु गर्ने गरेका थिए । अबदेखि भने सरकारी र निजी दुवै विद्यालयमा एकै समयमा नयाँ शैक्षिक सत्र संचालन गर्न, सो अघि विद्यार्थी भर्ना नगर्न र  एक पटक भर्ना भएपछि भर्ना शुल्क समेत नलिन सरकारले स्पष्ट निर्देशन दिएको छ ।

    Education1775740100.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नयाँ शैक्षिक सत्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।