Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

श्रममन्त्री साह पदमुक्त

श्रममन्त्री साह पदमुक्त

images
  • श्रममन्त्री साह पदमुक्त
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साह पदबाट हटाएका छन् । 

    images
    images
    images

    मन्त्री बनेको १४ दिनमै विभिन्न विवादमा परेपछि प्रधानमन्त्री बालेनले साहलाई पदमुक्त गरेका हुन् । 

    images
    images
    images

    साहलाई मन्त्रीमा नियुक्ति गरेपछि उनीविरुद्ध एमबीबीएसमा नाम निकाल्दिने भनेर पैसा उठाएको अभियोगमा पक्राउ पुर्जी जारी भएको र उनकी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा पुन: सक्रिय गराइएको विषय विवादित बनेका थिए । 

    images
    images
    images

    विवाद उठेपछि रास्वपामा पनि मन्त्री साह बारे प्रश्न उठेको थियो । सभापति रवि लामिछानेले मन्त्री शाहको विषयमा प्रश्न उठेको भन्दै उनलाई जिम्मेवारीबाट अलग गर्न प्रधानमन्त्री बालेनलाई पत्र नै लेखेका थिए ।  साथै सभापति लामिछानेले आफ्नो जिम्मेवारीमा गाम्भीर्यता नदिएको भन्दै स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत गराउन समेत पार्टीबाट प्रधानमन्त्रीलाई सिफारिस गरेका थिए ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रममन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।