Logo

२०८३, आश्विन १०गते


images
images

रोहिणी मिल्क हाउसको वार्षिकोत्सव : वार्षिक १ लाख १० हजार लिटर दूध बिक्री

रोहिणी मिल्क हाउसको वार्षिकोत्सव : वार्षिक १ लाख १० हजार लिटर दूध बिक्री

images
  • रोहिणी मिल्क हाउसको वार्षिकोत्सव : वार्षिक १ लाख १० हजार लिटर दूध बिक्री
    images
    images

    देवदह । रुपन्देहीको देवदह-५ खैरेनीमा सञ्चालित रोहिणी मिल्क हाउसले एक वर्ष पूरा गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका रामचन्द्र पौडेलको नेतृत्वमा स्थापना गरिएको मिल्क हाउसले वार्षिकोत्सव मनाउँदै दुग्ध उत्पादन र बजारीकरणमा उल्लेख्य प्रगति गरेको जनाएको छ ।

    images
    images
    images

    हाउसले वार्षिकोत्सवको अवसरमा बिहिवार देवदहस्थित गौतम बुद्ध राष्ट्रिय उद्यान (काष्ठकला) मा दुध उत्पादक किसान र आफ्ना नियमित ग्राहकसंग बनभोज  समेत गरेको छ । 

    images
    images
    images

    बनभोजमा देवदह नगरपालिकाका नगर प्रवक्ता गणेश डुम्रे, वडा नं ८ का वडाध्यक्ष हरि पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
      
    मिल्क हाउसका अनुसार हाल वार्षिक करिब १ लाख १० हजार लिटर दूध बिक्री हुँदै आएको छ । साथै पनिर, खोवा, आइसक्रिम र दही उत्पादन नियमित रूपमा भइरहेको छ भने उत्पादित घ्युमा लेभलिङ गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

    images
    images
    images

    रोहिणी, ओमसतिया, सुनवल र देवदह क्षेत्रका ५० भन्दा बढी किसानबाट दूध संकलन गर्दै आएको मिल्क हाउसले स्थानीय उत्पादनलाई बजारसँग जोड्ने काम गरेको जनाएको छ । संस्थामा लगानीकर्तासहित चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    ५० लाख लागतमा सुरु भएको मिल्क हाउसले गुणस्तर कायम गर्न आधुनिक उपकरणको प्रयोग गरिरहेको भए पनि थप चिलिङ्ग भ्याट र उपकरण विस्तार आवश्यक रहेको जनाएको छ । 

    साथै सहज रूपमा पर्याप्त दूध संकलन हुन नसकेको चुनौती रहेको उल्लेख गर्दै संचालकहरूले गाईभैंसी पालन र दुध उत्पादनमा किसानहरू अझ सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।

    स्थानीय स्तरमै गुणस्तरीय दुग्धजन्य पदार्थ उपलब्ध गराउने उद्देश्य राखेको मिल्क हाउसले आगामी दिनमा उत्पादन वृद्धि र बजार विस्तारलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोहिणी मिल्क हाउस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।