Logo

२०८३, आश्विन १०गते


images
images

देवदहको वडा नं. ९ बाट जग्गा नापजाँचको काम  सुरु 

देवदहको वडा नं. ९ बाट जग्गा नापजाँचको काम  सुरु 

images
  • देवदहको वडा नं. ९ बाट जग्गा नापजाँचको काम  सुरु 
    images
    images

    देवदह । देवदह नगरपालिकाको वडा नं. ९ बाट जग्गा नापजाँचको काम  सुरु भएको छ । मंगलबार राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष हरि बहादुर क्षेत्री, स्थानीय राजनीतिकर्मी लगायतको उपस्थितिमा वडाको कालिका टोलबाट जग्गा नापजाँचको काम सुचारु भएको नगरप्रमुख हिराबहादुर केसीले बताए ।

    images
    images
    images

    सेतोमसीसंग कुरा गर्दै नगरप्रमुख खत्रीले तथ्यांक संकलन तथा कम्प्युटरमा  प्रबिष्ठ गर्ने काम सम्पन्न गरि हाल फिल्ड सर्भे र नियन्त्रण बिन्दुको निर्माण गर्ने, नापजाँच गर्ने, स्थानको एकिन गरी ब्लक निर्धारण गर्ने, नियन्त्रण बिन्दुमा  कायम गर्ने लगायतका कार्य भैरहेको जानकारी दिए ।

    images
    images
    images

    त्यसैगरी देवदहमा भुमि सम्बन्धि समस्या छिटै हल हुने उल्लेख गर्दै भूमि आयोगका जिल्ला सदस्य भरत तिवारीले नापी अधिकृत, सर्भेक्षक, अमिन र अन्य जनशक्ति  गरि ५० जना भन्दा बढिले देवदहको वार्ड नं. ३,५,६,७,८,९ र १० गरि ७ वटा वार्डमा काम गरिरहेको बताएका छन् ।

    images
    images
    images

    २०७७ माघ ९ गते भूमि सम्बन्धि समस्या समाधान आयोगसंग सम्झौता गरि काम अगाडि बढाएको देवदहले सरकार परिवर्तनसंगै पुनः गठन भएको राष्ट्रिय भुमि आयोगसंग २०७८ पुस २४ गते पुन:सम्झौता गरि भूमि सम्बन्धि कार्य निरन्तर अगाडि बढाईरहेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।