Logo

२०८३, आश्विन ९गते


images
images

साधना पोलिक्लिनिकमा रक्तदान, ४५ पिन्ट रगत संकलन

साधना पोलिक्लिनिकमा रक्तदान, ४५ पिन्ट रगत संकलन

images
  • साधना पोलिक्लिनिकमा रक्तदान, ४५ पिन्ट रगत संकलन
    images
    images

    देवदह । साधना पोलिक्लिनिकले देवदहमा रक्तदान कार्यक्रम गरेको छ ।  शनिवार आयोजित कार्यक्रममा ४५ पिन्ट रगत संकलन भएको क्लिनिकले जनाएको छ । 

    images
    images
    images

    'हामी आवश्यक पर्नेले सहज रुपमा रगत प्राप्त गर्नुपर्छ भन्ने मान्यता राख्छौं ।' क्लिनिकका प्रवन्धक डा. विष्णु ढकालले भने 'रक्त संचार सेवा केन्द्र बुटवलमा रगत अभाव देखिएपछि रक्त अभावपूर्ति गर्न कार्यक्रम आयोजना गरिएको हो ।'

    images
    images
    images

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रुपन्देही तथा रक्तसंचार सेवा केन्द्र बुटवलले प्राविधिक सहयोग रहेको जनाइएको छ ।

    images
    images
    images

    क्लिनिकले अब हरेक तीन महिनामा नियमित रक्तदान कार्यक्रम गर्ने योजना बनाएको जनाएको छ । 

    साधना पोलिक्लिनिक देवदहमा औपचारिक रुपमा २४सै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउने पहिलो निजि स्वास्थ्य संस्था हो । करिब तीन करोड लागतमा ९ जना स्वास्थ्यकर्मीले सुरु गरेको पोलिक्लिनिक गत कार्तिकबाट सञ्चालनमा छ ।  
     
    साधनामा हाडजोर्नी तथा नशा रोग, नाक-कान-घाँटी, महिला तथा प्रसूति, बाल तथा शिशु, दन्त, मुख र गिजा, फिजियोथेरापी लगायतका विशेषज्ञ सेवा सञ्चालनमा छन् । साथै दैनिक ओ.पी.डी., इ.सी.जी., भिडियो एक्स–रे, ल्याब, प्लास्टर र इमर्जेन्सी सेवा उपलब्ध रहेको जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साधना पोलिक्लिनिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।