Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा साधना पोलिक्लिनिक संचालनमा : तीन करोड लगानी, चौविसै घण्टा स्वास्थ्य सेवा

देवदहमा साधना पोलिक्लिनिक संचालनमा : तीन करोड लगानी, चौविसै घण्टा स्वास्थ्य सेवा

images
  • देवदहमा साधना पोलिक्लिनिक संचालनमा : तीन करोड लगानी, चौविसै घण्टा स्वास्थ्य सेवा
    images
    images

    देवदह । देवदहको खैरेनीमा साधना पोलिक्लिनिक सञ्चालनमा आएको छ । करिब तीन करोड रुपैयाँको लगानीमा स्थापना गरिएको पोलिक्लिनिकले स्थानीय तहमै चौविसै घण्टा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।

    images
    images
    images

    पुरानो श्रीकृष्ण पोलिक्लिनिक रहेको स्थानमा नयाँ नाम र व्यवस्थापनमा सञ्चालनमा आएको साधना पोलिक्लिनिकको उद्घाटन ८६ वर्षीय ज्येष्ठ नागरिक जयलाल भण्डारीले शुक्रवार गरे । नयाँ व्यवसायको उद्घाटनमा परम्परागत प्रथा तोड्दै जेष्ठ नागरिकबाट शुभारम्भ गरिएको पोलिक्लिनिकका  मेडिकल डाइरेक्टर डा. विष्णु ढकालले जानकारी दिए । 

    images
    images
    images

    नौ जना स्वास्थ्यकर्मीहरूद्वारा संचालित पोलिक्लिनिकमा ३० जना पूर्णकालिनसहित ४५ जनाले रोजगारी प्राप्त गर्ने छन् । 

    images
    images
    images

    स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा

    पोलिक्लिनिकका मेडिकल डाइरेक्टर डा. ढकालका अनुसार देवदह क्षेत्रमा स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकद्वारा सेवा उपलब्ध गराउने उद्देश्यसहित पोलिक्लिनिक सञ्चालनमा ल्याइएको हो । उनले २४ सै घण्टा इमर्जेन्सी, फार्मेसी, प्याथोलोजी, एम्बुलेन्स र एक्स–रे सेवा सञ्चालनमा रहने बताए ।

    डा. ढकालले भने, 'हामीले देवदह र आसपासका नागरिकलाई बुटवल वा भैरहवा धाउन नपरोस् भन्ने सोचका साथ सेवा विस्तार गरेका हौं । हरेक बिरामीले आफ्नो उपचार आफ्नो गाउँमै गुणस्तरीयरूपमा पाओस् भन्ने हाम्रो मूल उद्देश्य हो ।'

    विविध विशेषज्ञता एकै छानामुनि

    साधना पोलिक्लिनिकमा हाडजोर्नी तथा नशा रोग, नाक–कान–घाँटी, महिला तथा प्रसूति, बाल तथा शिशु, दन्त, मुख र गिजा, फिजियोथेरापी लगायतका विशेषज्ञ सेवा सञ्चालनमा छन् । साथै दैनिक ओ.पी.डी., इ.सी.जी., भिडियो एक्स–रे, ल्याब, प्लास्टर र इमर्जेन्सी सेवा उपलब्ध छन् ।

    पोलिक्लिनिकले ‘एकै छानामुनि सबै सेवा’ भन्ने अवधारणालाई व्यवहारमा उतार्ने प्रयास गरेको जनाएको छ । स्थानीय स्तरमा स्वास्थ्य पहुँच र समयमै उपचार प्राप्त गर्न  पोलिक्लिनिक उपयुक्त विकल्प हुने संचालकको दावी छ । 

    ओमशान्ति डेन्टल केयर : दन्त उपचारको नयाँ केन्द्र

    पोलिक्लिनिक भवनमै सञ्चालनमा रहेको ओमशान्ति डेन्टल केयर मार्फत आधुनिक प्रविधियुक्त दन्त उपचार सेवा दिने जनाइएको छ । सीनियर डेन्टल सर्जन डा. सन्दिप पौडेल र डा. बबिता घिमिरेको टोलीले नेतृत्व गरेको ओमशान्तिमा सामान्यदेखि जटिल दाँत, मुख र गिजासम्बन्धी उपचार उपलब्ध हुने जनाइएको छ ।

    ओमशान्तिमा नयाँ प्रविधिबाट दाँतमा सिमेन्ट भर्ने, एक्स–रे, आरभीजी, ओपीजी, ब्रीज तथा नकली दाँत फिटिङ, गिजा उपचार, स्केलिङ र सौन्दर्य उपचारसमेत समावेश छन् । यसले देवदह क्षेत्रमा दन्त उपचारको नयाँ मानक स्थापित गर्ने संचालकको दावी छ ।

    आर्या अर्थो न्युरो फिजियोथेरापी : पुनर्स्थापनाको विशेषज्ञ सेवा

    त्यस्तै, आर्या अर्थो न्युरो फिजियोथेरापी मार्फत हाडजोर्नी, नसा र मांसपेशी सम्बन्धी समस्या समाधानका लागि सेवा सुरु गरिएको जनाइको छ । विशेषज्ञ चिकित्सकको टोलीले अत्याधुनिक प्रविधिद्वारा रोगको कारण पहिचान गरी उपचार गर्ने प्रणाली आफुहरूले सुरूवात गरेको डा. ढकालले जनाए । 

    डा. ढकालका अनुसार, शारीरिक पुनर्स्थापनाको दृष्टिले फिजियोथेरापी अत्यावश्यक सेवा हो, जसलाई देवदहकै भौगोलिक पहुँचमा ल्याउनु पोलिक्लिनिकको अर्को उपलब्धि हो ।

    स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्व

    साधना पोलिक्लिनिकले सेवा विस्तारसँगै स्वास्थ्य सचेतना र रोकथाममुखी अभियान पनि सञ्चालन गर्ने जनाएको छ । पोलिक्लिनिकका सञ्चालक समूहका अनुसार, विद्यालयस्तरदेखि समुदायस्तरसम्म नियमित स्वास्थ्य सचेतना कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर र महिलामैत्री परामर्श कार्यक्रम पोलिक्लिनिकले सञ्चालन गर्ने छ ।

    सेतोमसीसंग कुरा गर्दै डा. ढकालले थपे, 'स्वास्थ्य सेवा भनेको उपचार मात्र होइन, चेतना पनि हो । हामी उपचारसँगै जनचेतना फैलाउने संस्थागत अभियानमा पनि जोड दिनेछौं ।'

    'हामीको उद्देश्य देवदहलाई स्वास्थ्य सेवाको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्नु हो,” उनले सेतोमसीसँग भने, “निजी क्षेत्रबाटै जनस्वास्थ्यमा योगदान पुर्‍याउन सकिन्छ भन्ने सन्देश साधनाले दिनेछ ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साधना पोलिक्लिनिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।