देवदह । देवदहस्थित दुर्गा पांचायन मन्दिरमा सामुहिक ब्रतबन्ध गरिएको छ । युवा ज्योतिषहरूको आयोजनामा १८ जना किशोरको सामुहिक ब्रतबन्ध गरिएको हो ।
हिजो आज घरमा गरिने ब्रतबन्ध विधिपुर्वक नगरिने र महंगो तथा भड्किलो समेत हुने गरेकोले कम खर्चमै विधिपुर्वक ब्रतबन्ध गर्ने उद्देश्य सहित सामुहिक ब्रतबन्ध गरिएको आयोजक हाकिम मल्लले बताए । यसरी ब्रतबन्ध गर्दा आर्थिक रुपमा बिपन्नलाई राहत हुने र रितिपुर्वक गरिने कर्मले संस्कृतिको पनि रक्षा हुने उनको भनाइ छ ।
ब्रतबन्धमा देवदहको भलुही, शितलनगर र सुनवलका समेत गरि १८ जना किशोरहरू सहभागी भएका थिए । सहभागीबाट प्रतिव्यक्ति ५ हजार १ सय दस्तुर लिईएको र त्यसबापत पुजा कर्ममा चाहिने सम्पूर्ण सामान र गुरु दक्षिणा व्यवस्था गरिदिने आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology