Logo

२०८३, आश्विन ९गते


images
images

देवदह मूर्तिकला कार्याशाला, जहाँ सर्जकले बुद्ध सम्झिए

देवदह मूर्तिकला कार्याशाला, जहाँ सर्जकले बुद्ध सम्झिए

images
  • देवदह मूर्तिकला कार्याशाला, जहाँ सर्जकले बुद्ध सम्झिए
    images
    images

    देवदह । छेउमै रहेको बडेमानको पत्थरमा मुर्तिकारले बुद्धको प्राण भर्दैछन् । छिनोले ढुंगालाई स्पर्शगर्दा आईरहेको टिकटिक-टिकटिक आवाज कुनै विख्यात संगीतकारको संगीत भन्दा कम छैन । र, कम छैनन् देवदहका सर्जकहरू पनि, जसले घोडाहा खोलाको किनारलाई बुद्धमय बनाए ।

    images
    images
    images

    आसन ग्रहणको लम्बेतान उद्घोष चलेन, सम्बोधनमा छेड र कपटको अलिकति पनि गंध आएन । बरू सर्जकहरू सिधै विषय प्रवेश गरेर धमाधम आ-आफ्ना रचना बाचन गरे । प्रशंग हो, देवदहमा जारी दोस्रो देवदह राष्ट्रिय मूर्तिकला कार्याशालामा साहित्य कार्यक्रमको ।

    images
    images
    images

    कार्यक्रममा १२ जना साहित्यकारले रचना बाचन गरे । रचना मार्फत उनीहरूले शान्ति र समृद्धिको सपनाको कुरा गरे । 'भ्रष्टहरूको साम्राज्य' प्रति व्यंग गर्दै उनीहरूले सुशासन र सदाचारको चाहना व्यक्त गरे ।

    images
    images
    images

    कार्यक्रममा सर्जकहरू राहुल देव सापकोटा, यज्ञ न्यौपाने, दामोदर सापकोटा, निर्मल एस पि मगर, राजु पुताकोटी, चित्रबहादुर सुनार, मैना आचार्य, सुशील सापकोटा, यम शर्मा, सुनिता राना, कुशल श्रेष्ठ, विष्णु विवश पोखरेल लगायतले गीत, कविता, गजल र मुक्तक मार्फत जारी प्रस्तरकला कार्यशालाको प्रशंसा समेत गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।