काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङले नव नियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ सन्देश पठाएका छन् ।
ली छ्याङले चीन र नेपाल पहाड र जलबाट जोडिएको परम्परागत छिमेकी मुलुक हो भन्दै दौत्य सम्बन्ध स्थापना भएको ७१ वर्षयता दुई देशले शान्ति सहअस्तित्वका पाँच सिद्धान्तको आधारमा द्वीपक्षीय सम्बन्धको विकास गरिरहेको व्यक्त गरेको काठमाडौँस्थित चिनियाँ दुताबासले जानकारी दिएको छ ।
नेपाल सरकारको शासन संचालनमा चीन सरकारले समर्थन रहेको भन्दै उनले स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अविच्छिन्नताको संरक्षण गर्न नेपाललाई निरन्तर रूपमा समर्थन गर्ने उल्लेख गरेको दुताबासले जनाएको छ । उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग मिलेर चीन-नेपाल उच्चस्तरीय रूपमा बेल्ट एन्ड रोडको संयुक्त निर्माण गर्न र अरू विभिन्न क्षेत्रका सहयोगलाई गहिरो पारी चीन-नेपाल विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनीतिक सहयोग साझेदारी सम्बन्धलाई अघि सार्ने इच्छा लिएको पनि प्रधानमन्त्री ली छ्याङले शुभकामनामा उल्लेख गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology