Logo

२०८३, आश्विन ९गते


images
images

लुम्बिनीमा चिप्लियो एमाले, केपी ओलीलाई विमला वलीको धक्का

लुम्बिनीमा चिप्लियो एमाले, केपी ओलीलाई विमला वलीको धक्का

images
  • लुम्बिनीमा चिप्लियो एमाले, केपी ओलीलाई विमला वलीको धक्का
    images
    images

    बुटवल । सर्बोच्च अदालतबाट दलको मान्यता नपाएको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेकी छन् । यो पुनः मुख्यमन्त्री निर्वाचित हुने ओली पक्षीय नेता शंकर पोखरेलको सपना अधुरो हुने सम्भावना बढेको छ ।

    images
    images
    images

    दाङ ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । सर्वोच्चले नेकपा खारेज गरेपछि उनले माओवादी केन्द्र रोजेकी हुन् ।

    images
    images
    images

    वली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरकुमार एमालेबाट निर्वाचित भएका थिए । सवारी दुर्घटनामा उत्तरकुमारको निधन भएपछि भएको उपनिर्वाचनमा विमला नेकपाबाट विजयी भएकी थिइन् ।

    images
    images
    images

    वलीले माओवादी रोजेपछि  ८१ सदस्यीय लुम्बिनी प्रदेश सभामा सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् ।

    मुख्यमन्त्री शंकर पोखरेलले आइतबार विहान राजीनामा दिएका थिए । एमालेले संविधानको धारा १६८(१) अनुसार एकल बहुमतको सरकार बनाउन दावी पेश गरेको थियो जुन विमला ओलीका कारण अब सम्भव सकेन ।

    लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय भएपनि ६ जना प्रदेशसभा सदस्य पदमुक्त भएकाले संसदमा ४१ जना सांसदको मत प्राप्त गर्ने दल मुख्य मन्त्री हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।