Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

बालेन मन्त्रीमण्डलमा कुन प्रदेशका कति ?

बालेन मन्त्रीमण्डलमा कुन प्रदेशका कति ?

images
  • बालेन मन्त्रीमण्डलमा कुन प्रदेशका कति ?
    images
    images

    देवदह । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेपालको ४३औं प्रधानमन्त्री चयन भएका छन् । 
    शुक्रबार शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले ३५ बर्षिय बालेनलाई प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ गराएका हुन् । उनी झापा-३बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका हुन् । कोशी प्रदेशको प्रतिनिधित्व गर्ने उनले ६८ हजार ३४८ मत प्राप्त गरेका थिए ।  

    images
    images
    images

    प्रधानमन्त्री बालेनसँगै उनको क्याविनेटका अन्य मन्त्रीहरुले पनि शुक्रबार नै पद तथा गोपनियताको शपथ लिएका छन् । बालेनले आफुसँग रक्षा तथा उद्योग वाणिज्य मन्त्रालय राखेका छन् । 

    images
    images
    images

    बालेनको मन्त्रीमण्डलमा १० जना प्रत्यक्ष निर्वाचित सांसद परेका छन् भने ४ जना मन्त्री समानुपातिकबाट निर्वाचित समावेश छन् ।

    images
    images
    images

    शुक्रबार सपथ खाने मन्त्रीहरु मध्ये देस्रो वरियतामा अर्थमन्त्री- डा स्वर्णिम वाग्लेलाई राखिएको छ । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै तनहुँ-१ बाट निर्वाचित उनले ३८ हजार ४० मत ल्याएका थिए ।

    यस्तै गृहमन्त्रीमा सुदन गुरुङले सपथ लिएका छन् । गण्डकी प्रदेश अन्तर्गत गोरखा–१ बाट निर्वाचित गुरुङले प्रतिनिधिसभा निर्वाचनमा २९ हजार ८९६ मत प्राप्त गरेका थिए ।

    बालेन मन्त्रीमण्डलमा परराष्ट्र मन्त्रीको जिम्मेवारी शिशिर खनाललाई दिइएको छ । बाग्मती प्रदेशको प्रतिनिधित्व गर्दै काठमाडौं-६ बाट निर्वाचित उनले २७ हजार ९१६ मत प्राप्त गरेका थिए । 

    नयाँ मन्त्रिमण्डलमा भौतिक पूर्वाधारमन्त्रीको रुपमा रुपन्देहीका सुनिल लम्सालले सपथ लिएका छन् । लु्म्बिनी प्रदेश अन्तर्गत रुपन्देही-१ बाट प्रत्यक्ष निर्वाचित लम्सालले ५४ हजार ८४५ मत ल्याएका थिए । लुम्बिनी प्रदेशबाट प्रत्यक्ष तर्फ कुल २१ जना सांसद प्रत्यक्ष निर्वाचित भएका थिए ।  

    यसैगरी शुक्रबार उर्जामन्त्रीको रुपमा काठमाडौं-८ बाट निर्वाचित विराज भक्त श्रेष्ठले सपथ लिए । बाग्मती प्रदेशको प्रतिनिधित्व गर्ने उनले २४ हजार ५९२ मत प्राप्त गरेका थिए ।

    त्यस्तै गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै काँस्की-१ बाट ३९ हजार ८८३ मत प्राप्त गरेर विजयी भएका खड्गराज पौडेल (गणेश( पर्यटन मन्त्री, बाग्मती प्रदेश अन्तर्गत काठमाडौं-५ बाट ३० हजार ७३७ मत सहित निर्वाचित सस्मित पोखरेल शिक्षामन्त्री र समानुपातिक तर्फबाट निर्वाचित निशा मेहताले स्वास्थ्य मन्त्रीको रुपमा सपथ लिएकी छन् ।

    नवगठित मन्त्रीमण्डलको सञ्चारमन्त्रीमा बाग्मती प्रदेशको प्रतिनिधित्व गर्दै नुवाकोट-१ बाट २२ हजार ६०९ मत प्रप्त गरेर विजयी भएका विक्रम तिमिल्सिना, सामान्य प्रशासन मन्त्रीमा समानुपातिक सांसद प्रतिभा रावल र कानुन मन्त्रीमा बाग्मती प्रदेश अन्तर्गतकै चितवन-३ बाट ५९ हजार २७७ मतका साथ विजयी सोबिता गौतमले सपत लिइन् ।

    यसैगरी नवगठित कृषिमन्त्रीको रुपमा समानुपातिक सांसद गीता चौधरी, श्रममन्त्रीको रुपमा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै सुनसरी-४ बाट ४२ हजार ७७१ मत प्राप्त गर्दै विजयी भएका  दिपक शाहले सपथ लिएका छन् भने महिला बालबालिका मन्त्रीको रुपमा समानुपातिक सांसद सीता वादीले सपथ लिइन् ।  

    बालेनको मन्त्री मण्डलमा सबैभन्दा धेरै बाग्मती प्रदेशबाट ५ जना मन्त्री समावेश भएका छन् । यसैगरी गण्डकी प्रदेशबाट २ जना, कोशी प्रदेशबाट २ जना र सुदुर पश्चिमबाट २ जना मन्त्री चयन भएका छन् । त्यसैगरी नवगठित मन्त्रीमण्डलमा लुम्बिनी प्रदेशबाट १ जना, कर्णालीबाट १ जना र मधेश प्रदेशबाट १ जना समावेश भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।