Logo

२०८३, श्रावण २७गते


images
images

लुम्बिनी प्रदेशबाट एक्ला मन्त्री बने सुनिल लम्साल

लुम्बिनी प्रदेशबाट एक्ला मन्त्री बने सुनिल लम्साल

images
  • लुम्बिनी प्रदेशबाट एक्ला मन्त्री बने सुनिल लम्साल
    फाईल फोटो : प्रतिनिधी सभा निर्वाचनमा विजयी भएपछि सुनिल लम्साल
    images
    images

    देवदह । प्रतिनिधिसभा निर्वाचन २०८२ मा रुपन्देही क्षेत्र नं. १ बाट निर्वाचित सुनिल लम्साल संघीय सरकारमा लुम्बिनी प्रदेशबाट मन्त्री बन्ने एक्ला प्रतिनिधि बनेका छन् । बालेन शाह नेतृत्वको सरकारमा उनी भौतिक पूर्वाधार मन्त्री बन्ने भएका हुन् ।

    images
    images
    images

    लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभामा धेरै सांसद निर्वाचित भए पनि प्रदेशबाट मन्त्री बन्ने अवसर लम्सालले मात्र पाएका हुन् । यससँगै संघीय सरकारमा लुम्बिनी प्रदेशको प्रतिनिधित्व मन्त्रीस्तरमा उनीमार्फत मात्र हुने भएको छ ।

    images
    images
    images

    पहिलो पटक निर्वाचन लडेका ३५ वर्षीय लम्साल रुपन्देही क्षेत्र नं. १ बाट ५४ हजार ८४५ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।  
     
    यसअघि उनलाई गृह मन्त्री बनाउने चर्चा चले पनि अन्ततः पार्टीले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो ।

    images
    images
    images

    इन्जिनियरिङ पृष्ठभूमिका लम्साल निर्वाचन अघिसम्म काठमाडौं महानगरपालिकामा तत्कालीन नगरप्रमुख बालेन्द्र शाहका पूर्वाधार सल्लाहकारका रूपमा कार्यरत थिए । उनको शैक्षिक योग्यता स्नातक सिभिल इन्जिनियरिङ र स्नातकोत्तर स्ट्रक्चरल इन्जिनियरिङ रहेको छ ।

    काठमाडौं विश्वविद्यालयमा फोहोर व्यवस्थापन विषयमा विद्यावारिधि अध्ययनरत लम्साल वातावरणीय तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा अनुसन्धानमा संलग्न रहेको बताइन्छ । विद्यार्थी जीवनमा उनी लुम्बिनी इन्जिनियरिङ कलेजको स्ववियु सभापति समेत निर्वाचित भएका थिए ।

    रुपन्देही–१ बाट निर्वाचित भएपछि उनले क्षेत्रीय विकास, पूर्वाधार र सुशासनका विषयलाई संसद्मा उठाउने बताएका थिए । अहिले उनी मन्त्री बनेसँगै लुम्बिनी प्रदेशको पूर्वाधार विकासका अपेक्षा पनि बढेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनिल लम्साल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।