Logo

२०८३, आश्विन ९गते


images
images

कलिउड

फिल्म ‘बेहुली’ को शुभ मुहूर्त सम्पन्न

फिल्म ‘बेहुली’ को शुभ मुहूर्त सम्पन्न

images
  • फिल्म ‘बेहुली’ को शुभ मुहूर्त सम्पन्न
    images
    images

    काठमाडौं । नयाँ नेपाली फिल्म ‘बेहुली’को शुभ मुहूर्त सम्पन्न गरिएको छ । बिहीबार ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा अर्चना गर्दै फिल्मको शुभमुहुर्त गरिएको हो । 

    images
    images
    images

    द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको यस फिल्मको मुहूर्तसँगै छायाङ्कन र प्रदर्शन मिति पनि घोषणा गरिएको छ । निर्माता अर्जुन पोखरेलका अनुसार यसै साताबाट छायाङ्कनमा निस्कन लागेको यो चलचित्र आगामी वर्षको हरितालिका तीजको अवसर पार्दै भदौ १२ गतेबाट प्रदर्शन हुने छ ।

    images
    images
    images

    चर्चित सङ्गीतकार अर्जुन पोखरेल ‘बेहुली’मार्फत पहिलो पटक चलचित्र निर्माणमा होमिएका हुन् ।

    images
    images
    images

    प्रताप राणाको निर्माण रहेको यस चलचित्रको निर्देशन सशान कँडेलले गर्दैछन् भने कथा माधव शर्माले लेखेका हुन् । निर्देशक कँडेल र लेखक शर्मा दुवै चलचित्र ‘होस्टेल ३’ का निर्देशक तथा लेखक हुन् । फिल्ममा 'होस्टेल ३’ बाटै डेब्यु गरेका पारस बम ठकुरी (कुलब्वाय) ले प्रमुख नायकको भूमिका निर्वाह गर्दैछन् भने उनको जोडीको रूपमा अभिनेत्री दिव्या रायमाझी रहेकी छन् । यसका साथै अभिनेता सुशान्त कार्कीको पनि यस फिल्ममा महत्त्वपूर्ण भूमिका रहको बताइएको छ ।

    यस बाहेक फिल्ममा पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, लोकेन्द्र लेखक, सबिन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बेहुली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।