Logo

२०८३, श्रावण २७गते


images
images

काँग्रेस महाधिवेशनतर्फ अग्रसर

काँग्रेस महाधिवेशनतर्फ अग्रसर

images
  • काँग्रेस महाधिवेशनतर्फ अग्रसर
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेस नियमित महाधिवेशनतर्फ अग्रसर भएको छ । बुधबार सम्पन्न केन्द्रीय समितिको बैठकले यस अघि सभापति गगन थापाले पेश गरेको महाधिवेशनको कार्यतालिकामा संशोधन गर्दै असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । यस अघि सभापति थापाले भदौ २४, २५ र २६ मा गर्ने प्रस्ताव गरेका थिए ।

    images
    images
    images

    महाधिवेशन बारे काँग्रेसको निर्णय:  

    images
    images
    images

    पार्टी सदस्यता अभिलेख अद्यावधिक सम्बन्धी विशेष व्यवस्था र अभियान

    images
    images
    images

    पार्टीको विद्यमान क्रियाशील सदस्यता वितरण, व्यवस्थापन र अभिलेखिकरण प्रणालीलाई व्यवस्थित, चुस्त र सहज बनाउन हालसम्मका पार्टीमा आबद्ध सम्पुर्ण क्रियाशील सदस्यता अभिलेखमा राखी एक पटकका लागि नेपाली कांग्रेसको विधान २०१७(एघारौं संशोधन) बमोजिम सम्पूर्ण सदस्यलाई पुनः क्रियाशील सदस्यता फाराम भर्न लगाई सदस्यता अद्यावधिक गर्ने निर्णय यो बैठक गर्दछ ।  त्यसका लागि २०८३ वैशाख महिनाभरी ६७४३ वटै वडामा एक महिने सदस्यता अद्यावधिक विशेष अभियान सञ्चालन गर्ने निर्णय गर्दछ। १६५ वटै क्षेत्रमा केन्द्रबाट प्रतिनिधि खटाइनेछ। यसरी सदस्यता अद्यावधिक भएका सदस्यका लागि पार्टीले नयाँ नं. सहित कांग्रेस परिचयपत्र प्रदान गर्नेछ र कांग्रेस परिचयपत्र प्राप्त व्यक्तिको मात्र सदस्यता कायम हुने र अधिवेशन प्रक्रियामा सहभागि हुनेछ ।

    नेपाली कांग्रेस १५औं महाधिवेशनको कार्यतालिका सम्बन्धमा

    २०८२ पौष २७ देखि ३० गते भएको नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशनले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति विघटनको निर्णय गर्दै, १५ औं महाधिवेशन सम्पन्न नहुन्जेल सम्मका लागि श्री गगन कुमार थापाको सभापतित्वमा केन्द्रीय कार्य समिति गठन गरेको थियो। यस अबस्थामा २०८३ साल मंसिर २३ गते भित्र पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन सम्पन्न गरी सक्नुपर्ने विशेष केन्द्रीय महाधिवेशनको म्यान्डेट र विशेष महाधिवेशन लगत्तै २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको सम्पुर्ण तह एवं निकाय होमिनुपरेको परिस्थितलाई समेत मध्येनजर गरी केन्द्रीय कार्यसमितिको यो बैठकबाट नेपाली कांग्रेस पार्टीको १५औं महाधिवेशन २०८३ साल असोज १६, १७, १८ र १९ गते काठमाण्डौंमा गर्ने निर्णय गर्दछ। साथै, विशेष महाधिवेशनको निर्णय एवं नेपाली कांग्रेसको बिधान २०१७ को धारा ४३ बमोजिम १५औं महाधिवेशन सम्पन्न नभएसम्म पार्टीका तह तथा निकायको पदावधि कायम रहनेछ। 

    यस वैठकमा प्रस्तावित नेपाली कांग्रेस १५औं महाधिवेशनको कार्यतालिका निम्म बमोजिम संसोधन सहित पारित गरिएको छ ।

    १ क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान २०८२ चैत्र २१ देखि चैत्र मसान्तसम्म 

    • केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाउने ।

    • सदस्यता वितरणका लागि १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाउने ।

    २०८३ वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म

    • ६७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने। प्रत्येक व्यक्तिले आफु सदस्यता भएकै वडाबाट सदस्यता अद्यावधिक गर्नुपर्नेछ ।

    • सवै वडा र क्षेत्रीय कार्यसमितिलाई ID र Password उपलब्ध गराउने ।

    • बैशाख महिनाभरी वडामा एक महिने सदस्यता अद्यावधिक अभियान संचालन गर्ने ।

    २०८३ जेठ १ देखि १५ सम्म 

    • प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पठाइसक्ने ।

    २ सदस्यता विवरण केन्द्रमा पठाउने अवधि २०८३ जेठ मसान्त सम्म

    • क्षेत्र र जिल्लाले इन्ट्री गरी केन्द्रमा पठाइसक्ने जेठ २५ सम्म

    • जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा परेका उजुरी उपर छानविन गरी केन्द्रमा पठाउनु पर्ने जेठ मसान्तसम्म ।

    ३ केन्द्रले सदस्यतामा आवश्यक छानवीन गरी टुङ्गाउने अवधि २०८३ असार १५ सम्म

    • प्रारम्भिक छानविन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र

    • विवाद र समस्या भएका स्थान पहिचान गरी सदस्यता रुजु तथा अध्ययन गर्ने र अन्तिम टुङ्गोमा पुर्‍याउने ।

    • सदस्यता व्यबस्थापन केन्द्रीय समितिले सदस्यताको अन्तिम सूची केन्द्रीय कार्यसमितिलाई बुझाउने । 

    ४ अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि २०८३ असार मसान्त सम्म

    • केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची अधिवेशन प्रक्रिया सुरु हुनुपूर्व नै निर्वाचन समितिलाई उपलब्ध गराई अधिवेशन प्रक्रिया अगाडि बढाउने ।

    • निर्वाचन समितिले धारा ३५(२) (च) अनुसार निर्वाचनको विस्तृत क्यालेण्डर बनाउने।

    ५ नेपाली जनसम्पर्क समिति अधिवेशन २०८३ साउन मसान्त भित्र

    • क्रियाशील सदस्यता नामावली केन्द्रमा पठाउने असार मसान्तभित्र

    • सवै जनसम्पर्क समितिको क्रियाशील सदस्यता स्वीकृत गर्ने साउन १० भित्र

    • अधिवेशन सम्पन्न गर्ने साउन मसान्तभित्र

    ६ गाउँ-नगर वडा अधिवेशन २०८३  भाद्र २ गते 

    • ६७४३ वटै वडामा अधिवेशन 

    • क्षेत्रीय प्रतिनिधि चयन

    ७ गाउँ-नगरपालिका अधिवेशन २०८३ भाद्र ७  गते

    ८ प्रदेश सभा क्षेत्रीय अधिवेशन २०८३ भाद्र १७ गते

    ९ प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, एकमात्र क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन २०८३ भाद्र २४ गते

    • महाधिवेशन प्रतिनिधि चयन

    • कार्यसमिति निर्वाचन

    १० जिल्ला अधिवेशन २०८३ असोज २ र ३ गते

    ११ प्रदेश अधिवेशन २०८३ असोज ७ र ८ गते

    १२ केन्द्रीय महाधिवेशन २०८३ असोज १६, १७, १८ र १९ गते 

    केन्द्रीय निर्वाचन समिति गठन

    २०८२ पौष २७ देखि ३० गते विशेष केन्द्रीय महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिलाई धन्यवाद दिदै नेपाली कांग्रेसको विधान २०१७(संशोधन सहितको) धारा ३५(१) बमोजिम अब १५ औं महाधिवेशनमा पार्टीका सवै तह र निकायका पदाधिकारी एवं सदस्यको निर्वाचन सम्पन्न गर्नका लागि केन्द्रीय निर्वाचन समिति गठन गर्ने निर्णय गर्दछ । 

    साथै केन्द्रीय सभापातिले केन्द्रीय निर्वाचका लागि नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष वरिष्ठ अधिबक्ता प्रेम बहादुर खडकालाई संयोजकको रुपमा प्रस्ताव गर्नु भएकोमा उहाँको नाम केन्द्रीय निर्वाचन समितिको संयोजकको रुपमा अनुमोदन गर्ने निर्णय गर्दछ । त्यसैगरी केन्द्रीय निर्वाचन समितिमा रहने चार जना सदस्यको नाम चयन गरी नियूक्ति गर्ने अधिकार पार्टीका केन्द्रीय सभापति  गगन कुमार थापालाई दिने निर्णय समेत गर्दछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।