Logo

२०८३, आश्विन ९गते


images
images

स्थानीय तहमा विद्युतिय शासन र देवदहमा त्यसको अवस्थाबारे तयार गरिएको शोधपत्र हस्तान्तरण

स्थानीय तहमा विद्युतिय शासन र देवदहमा त्यसको अवस्थाबारे तयार गरिएको शोधपत्र हस्तान्तरण

images
  • स्थानीय तहमा विद्युतिय शासन र देवदहमा त्यसको अवस्थाबारे तयार गरिएको शोधपत्र हस्तान्तरण
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं. ४ का युवा छवि भट्टराईले स्थानीय तहमा विद्युतिय शासन र देवदह नगरपालिकामा त्यसको अवस्थाबारे स्नातकोत्तर तहका लागि तयार गरेको शोधपत्रको एकप्रति एक कार्यक्रमविच देवदह नगरप्रमुख हिराबहादुर केसीलाई हस्तान्तरण गरेका छन् ।

    images
    images
    images

    सोधपत्र ग्रहण गर्दै प्रमुख केसीले देवदहकै विषयमा गहिरो अध्ययन गरि आफ्नो शोंधपत्रको एकप्रती नगरपालिकामै रहने गरि उपलब्ध गराएकोमा युवा भट्टराईको प्रशंसा गरेका थिए । नीतिनिर्माण गर्ने क्रममा यसप्रकारका शोंधपत्र सहयोगी हुने भन्दै उनले आफुले तयार गरेको शोंधपत्र स्थानीय तहलाई दिएर युवा छवि भट्टराईले नयाँ प्रयोगको सुरुवात गरेको बताए  ।

    images
    images
    images

    सोधपत्र हस्तान्तरण गर्दै भट्टराईले देशका ७५३ वटै स्थानीय तहमा कहिँपनि यसप्रकारको सोधलेखन नभएको उल्लेख गर्दै त्यसमा देवदह नगरपालिका पहिलो भएको बताएका थिए ।

    images
    images
    images

    सोधपत्रमा देवदह नगरपालिका र मातहतका कार्यालयले प्रयोग गरेको प्रविधी र त्यसबाट सेवाग्राही र सेवाप्रदायकले प्राप्त गरेको सुविधा लगायतको विषयमा गहिरो अध्ययन गरिएको भट्टराईको भनाई छ ।

    उक्त कार्यक्रममा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम बेल्बासे, वडा नं. ४ का अध्यक्ष दीपक चापागाईं लगायतको उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।