Logo

२०८३, आश्विन ९गते


images
images

उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने

कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने

कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने

images
  • कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने
    images
    images

    बुटवल ,  लुम्बिनी प्रदेशका सबै अस्पतालमा कोरोना संक्रमितको उपचार गरेबापतको खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ । उपचारलाई सहज, सरल र प्रभावकारी बनाउन सरकारी, निजी र मेडिकल कलेजमा उपचार गर्ने बिरामीको खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री लिला गिरीले बताए ।

    images
    images
    images

     त्यसका लागि प्रदेशका कोभिड विशेष अस्पताल तथा निजी र मेडिकल कलेजले कोभिड संक्रमित बिरामीको उपचार खर्चमा एकरुपता ल्याउने गरी शुल्क निर्धारण गरिएको छ । जस अनुसार अक्सिजनसहितको एक बेडको प्रतिदिन तीन हजार ५००, आईसीयू एचडीयूसहितको एक बेडको ७ हजार, आईसीयू भेन्टिलेटरको एक बेडको प्रतिदिन १५ हजार रुपैयाँ तोकिएको छ । तोकिएको रकम सरकारले उपलब्ध गराउने भएकाले निजी अस्पतालले पनि बिरामीबाट शुल्क लिन नपाइने मन्त्री गिरीले बताए ।

    images
    images
    images

    उपचार खर्च लिन अस्पतालले कोभिड १९ संक्रमित बिरामीको उपचार विवरण प्रदेश सरकारको सफ्टवेयरमा अपडेट गर्नुपर्ने छ । त्यसका आधारमा संघबाट आएको रकम प्रदेश सरकारले अस्पतालहरुलाई उपलब्ध गराउने छ ।

    images
    images
    images

    लुम्बिनी प्रदेशमा ४ वटा कोरोना विशेष अस्पताल छन् । पाल्पा, रुपन्देही र बाँकेका ७ वटा निजी अस्पताल एवं मेडिकल कलेजमा पनि कोरोनाका बिरामीको उपचार भइरहेको छ । निजी अस्पताल एवं मेडिकल कलेजले महँगो उपचार खर्च लिएको गुनासो आएपछि सबैलाई एकरुपतामा ल्याउन अस्पताल सञ्चालकहरुको बैठकबाट निःशुल्क उपचार गराउने र रकम प्रदेश सरकारबाट उपलब्ध गराउने निर्णय गरेको मन्त्री गिरीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।