Logo

२०८३, कार्तिक २५गते


images
images

समाचार

पाल्पामा टिपर दुर्घटनामा चार जनाको मृत्यु

पाल्पामा टिपर दुर्घटनामा चार जनाको मृत्यु

images
  • पाल्पामा टिपर दुर्घटनामा चार जनाको मृत्यु
    images

    बुटवल । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार जिल्लाको माथागढी गाउँपालिका-७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका-१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या चार पुगेको हो । 

    images
    images
    images

    यसअघि दुर्घटनामा अर्घाखाँचीको शीतगङ्गा-४ सिद्धाराका २६ वर्षीय चालक चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह-२ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको ज्यान गएको थियो।

    images
    images

    घाइतेहरूलाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको थियो, जहाँ तीन जनालाई चिकित्सकले मृत घोषणा गरिएको थियो । गम्भीर घाइते राजन चिदीलाई थप उपचारका लागि भैरहवा पठाइएकोमा उनको पनि उपचारकै क्रममा निधन भएको हो ।

    शनिबार बेलुका झडेवाबाट रहबासस्थित पाल्पा सिमेन्टको चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर सडकबाट करिब सय मिटर तल खसेको थियो । प्रहरीले दुर्घटना बारे अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।