Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य

दाँतको ‘हर्सा, हाँसोको बाधक

दाँतको ‘हर्सा, हाँसोको बाधक

images
  • दाँतको ‘हर्सा, हाँसोको बाधक
    images
    images

    सामान्यतः दाँतको जरा हड्डिभित्र गाडिएको हुन्छ र त्यसलाई बाहिरबाट गिँजाले छोपेको हुन्छ । परन्तु, जब संक्रमणका कारण गिँजाबाट रगत आउँछ, गिँजाले उक्त पकड छोड्छ र दाँतको जरा देखिन थाल्छ, यो समस्यालाई हाम्रो बोलिचालिको भाषामा ‘हर्सा’ भन्ने गरिन्छ । दाँतको जरा यतिसम्म संवेदनशिल भाग हो कि, हामीले खाने खाना, पेय पदार्थ तथा आफ्‌नै थुक र र्‍याल समेतको सिधा सम्पर्कमा आउँदा जरालाई हानी हुनुका साथै दाँतभित्र र बाहिर संक्रमणको जोखिम बढेर जान्छ । त्यसैले नै गिँजाले जरालाई ढाकेर, बचाएर राखेको हुन्छ ।

    images
    images
    images

    दाँतको जरा हड्डिसँग सोझै चप्किएको हुँदैन । यस बिचमा सुक्ष्म फइबर हुन्छन् र यसैगरि दाँत र गिँजाको बिचमा पनि सानो खोँच अथवा खाली ठाउँ हुन्छ । यो खोँच थुक, र्‍याल तथा ब्याक्टेरिया लगाएतका कीटाणुको बासस्थान हो । हामीले खाएको खानाका स–साना कणहरु यही खोँच र दुई दाँतको बिचमा अड्किन्छन् र फोहोरको रुपमा परिणत हुन्छन्, जसलाई आहारा बनाएर हानीकारक कीटाणुले आफ्‌नो सङ्ख्या बढाउँछन् र गिँजाको संक्रमण हुन्छ ।

    images
    images
    images

    ‘हर्सा’ नेपालसहित विश्वभरका अन्य विकासउन्मुख देशका निम्न तथा मध्यम आय भएका जनसमुदायमा देखिने सामान्य समस्या हो । प्रायः ३० वर्षको उमेरपछि यसको जोखिम बढ्दै जान्छ । मुख सफा नगर्ने, धूम्रपान तथा सुर्ती सेवन गर्ने र मधुमेह भएका व्यक्तिमा यो रोग बढी देखिन्छ ।

    images
    images
    images

    ‘हर्सा’ अर्थात् गिँजाको संक्रमणको मुख्य कारण दाँत राम्ररी सफा नगर्नु हो । हामीले नियमित दाँत सफा गरे तापनि सफा गर्ने तरिका नमिल्नाले दाँतमा फोहोर–मैला जम्छ र कीटाणुले गिँजामा संक्रमण गराउँछन् ।

    ‘हर्सा’का केही कारणहरू :

    १) नियमित ब्रस नगर्नु

    २) धूम्रपान र सुर्तीजन्य पदार्थ सेवन

    ३) मधुमेह

    ४) कमजोर रोग प्रतिरोधात्मक शक्ति आदि

    हामी आफूले खाना खाने भाँडा हरेक खाना पश्चात माझ्छौँ तर त्यही खाना चपाउने दाँतमा चाहिँ फोहोर जमेर ढुँङ्गा जस्तो हुँदा समेत सफा गर्दैनौँ, बेवास्ता गर्छौँ । यो विरोधाभासपूर्ण आचरणले हामीलाई नै समस्यातिर धकेलिरहेको छ ।

    ‘हर्सा’ अर्थात् गिँजाको सङ्क्रमण भएमा सुरुमा देखिने सङ्केतहरु :

    १) दाँत ब्रुस गर्दा वा खाना खाँदा गिँजाबाट रगत आउनु

    २) गिजा सुन्निनु वा रातो हुनु

    ३) मुखबाट दुर्गन्ध आउनु, श्वास गन्हाउनु

    ४) खाना चपाउँदा दाँत दुख्नु आदि

    सङ्क्रमण बढ्दै गयो भने गिँजा खुम्चिएर ठाउँ छोड्ने, दाँतको जरा देखिएर दाँत लामो भएको भान हुने र दाँत हल्लिने समेत समस्या देखा पर्छन् । हामीकहाँ अस्पतालमा आउनुहुने अधिकांश बिरामीहरुमा रोगले यस्तै जटिल रुप लिइसकेको पाइन्छ र यो दुःखद् यथार्त हो ।

    ‘हर्सा’बाट बच्न मुखको सरसफाइ अत्यावश्यक र प्रमुख उपाय हो ।

    यसका लागि निम्नानुसार बिधि अपनाउनु पर्छ :

    १) खाना खाइसकेपछि कम्तीमा दिनको दुईपटक अनुमोधित ब्यास बिधिमा नरम ब्रुसले हल्कासँग दाँत माझ्ने

    २) नियमित दन्त धागो (डेन्टल फ्लस) प्रयोग गरेर दाँत–दाँत बीचमा अड्किएको फोहोर निकाल्ने,

    ३) धूम्रपान र सुर्ती सेवन नगर्ने, लत भएमा त्याग्ने

    ४) नियमित रूपमा दन्त चिकित्सकको परामर्श लिई दाँत, मुख तथा गिँजाको जाँच गराउने

    गिँजाको सङ्क्रमण भएर रगत आउन थालेमा मनतातो पानीमा नुन मिसाएर कुल्ला गर्नु घरेलु उपाय हो । यसले  रोग नियन्त्रण गर्न मद्दत गर्छ तर पूर्ण उपचार भने होइन । यसको उपचार दन्त चिकित्सकबाट मात्र सम्भव हुन्छ । रोगको अवस्था अनुसार, दाँतको फोहोर र ढुँङ्गाजस्तो मैला सफा गर्ने, आवश्यक परे औषधि वा सर्जरी पनि गर्नु पर्ने हुनसक्छ । जति चाँडो उपचार गरियो, दाँत जोगिने सम्भावना त्यति नै बढ्छ । होइन भने, दाँत झर्नबाट बचाउन सकिँदैन । दाँत झरेर थोँते भएमा या त दाँतमा फोहोर जम्मा भएर पहेँलो देखिनुका साथसाथै ह्‌वास्स सास गन्हाउने भएसी खुलेर हाँस्न कहाँ सकिन्छ र ?

    यसका अन्य जटिलताहरु : गिँजाको सङ्क्रमण फैलिदै जाने, घाउ बन्ने, पाक्ने, पिप निस्किने, दाँत भित्रभित्रै सड्दै जाने, टोकाइ बिग्रिएर जोर्नी दुख्ने, आदि हुन् ।

    गिँजाको सङ्क्रमण गिँजा र मुखमा मात्र सिमीत रहँदैन । गिँजाको सङ्क्रमण फैलिएर मधुमेह तथा मुटु रोग, हृदयघातको कारक पनि बन्न सक्छ । साथसाथै अनुसन्धानहरुले गिँजाको सङ्क्रमण र दम, फोक्सो, आन्द्रा, प्रोस्टेट, मुख, स्तन लगाएत विभिन्न किसिमका क्यान्सरहरुबिच सम्बन्ध रहेको देखाएका छन् ।

    यस्ता भयानक जटिलताबाट जोगिने एउटै र सबैभन्दा सजिलो उपाय भनेको नियमित राम्ररी दाँत माझ्ने र मुख सफा राख्ने । हैन भने दाँतको ‘हर्सा’, हाँसो र खुसीको बाधक बन्ने निश्चितप्राय नै छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हर्सा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।