कृष्ण अन्जान, रिडी । बसेपनि शहर, गाउँकै खाने रहर अर्थात् गाउँकाे अर्गानिक स्वाद खान पल्केकाहरुलाई जति शहर तिर बसे पनि गाउँकाे खान्कि सम्झिँदा मन त्यसै हरक्क हुन्छ । गाउँमा मौसम अनुसार पाईने तरकारी फलफुल अन्नपातमा स्थानीय स्वाद त हुन्छ नै शहर तिर बसेकालाई पनि त्यस्ता खान्कि सम्झेर गाउँकाे याद झर्लक्क आउँछ ।
पछिल्लो पटक यस्तै गाउँकाे स्वाद सर्लक्कै बटुलेर पैँचाे पसल प्रा लिले शहर तिर झार्न थालेपछि शहर तिर बस्नेहरुले गाउँका खान्कि शहरमा पाउन थालेका छन ।
मौसम अनुसार गाउँमा पाईने तरकारी फलफुल अन्नपात देखि घिउसम्म पैँचाेले शहर झारेकाे छ ।
चैतकाे आधाआधि छ यतिवेला काब्राे काेईरालाे र सिम्लिगान जस्ता गाउँले तरकारी पैँचाेले सँकलन गरि शहरतिर झारेकाे छ ।
बिक्रम सम्वत २०७१ सालमा शुरुवात गरिएकाे कृषिमा आधारित पैँचाे कार्यक्रमका गुल्मी, पाल्पा र रुपन्देहीमा गरि तीस भन्दा सँकलन केन्द्र र बाह्रवटा शाखा कार्यालय सन्चालनमा छन ।
बुटवलमा शाे रुम रहेकाे पैँचाे पसल प्रा लिकाे रुरुक्षेत्र गाउँपालिका वडा न १ काे रिडीबजार नजिकै मस्यौदीमा आफ्नै प्रशाेधन केन्द्र रहेकाे छ । प्रशाेधन केन्द्रमा विभिन्न किसिमका सस, खुर्सानी, मिक्स, मेथिदाना, कागती लगायतका अचारहरु उत्पादन हुन्छ भने गाउँ घरमा उत्पादित मकैकाे आटाे काेदाे फापर काे पिठाे, जुम्लाको उपल्लो भेगबाट ल्याइकाे पैचाे दाल लगाएत प्रशाेधन भई बजारमा आउने गरेकाे पैँचाे पसल रिडी शाखाका प्रबन्धक माधव भण्डारीले बताए ।
पछिल्लो चरणमा उपभोक्ताहरुका लागि केही शाखाहरुले लाेकल तरकारी खाद्दान्न लगायत घरघरमा पुर्याउन थालिएकाे छ । "हामीले एउटा विशेष समयमा सबै सामाग्री बाेकेर घरघर बेच्न जान थालेका छौँ यसले उपभोक्ता हरुलाई थप सुविधा भएकाे छ र ताजा तरकारी र खाद्दान्न उपभाेग गर्न पाएका छन," प्रवन्धक भण्डारीले भने ।
दैनिक रुपमा पैँचाेकाे केन्द्रीय कार्यालयबाट मुल्यसुचि प्राप्त भएपछि सबै शाखाहरुमा मुल्यमा एकरुपता हुने गरेकाे छ । सँकलन केन्द्रहरुमा किसानले लगेकाे तरकारी फलफुल घिउ लगायत विविध सामाग्रीहरुकाे सट्टा उपभाेग्य सामान लान सकिने र एक महिना भित्र नगद रकम पनि लैजान सकिने व्यवस्था पैँचाेले गरेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology