Logo

२०८३, आश्विन ९गते


images
images

कलिउड

फिल्म ‘कार्की साइँला' को २१ दिनमा सकियो छायांकन

फिल्म ‘कार्की साइँला' को २१ दिनमा सकियो छायांकन

images
  • फिल्म ‘कार्की साइँला' को २१ दिनमा सकियो छायांकन
    images
    images

    काठमाडौँ । फिल्म ‘कार्की साइँला’को छायांकन सकिएको छ । धनकुटाबाट छायांकन सुरु गरिएको यो फिल्मको सोमबार बराहक्षेत्रमा अन्तिम दृश्य खिचिएसँगै २१ दिनमा फिल्मको छायांकन सकिएको हो । 

    images
    images
    images

    राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको यो फिल्ममा जितु नेपाल (मुन्द्रे) र प्रियना आचार्य (मुन्नी) प्रमुख भूमिका रहेको छ । फिल्ममा दुवैको श्रीमान्श्री-मतीको भूमिका रहेको छ ।

    images
    images
    images

    कर्ण बहादुर फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेल, विरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । फिल्मका निर्माता बालकुमार राई हुन् भने प्रस्तुतकर्तामा कृष्ण भगत चाम्लिङ रहेका छन् । 

    images
    images
    images

    फिल्ममा डम्बर राईको छायांकन, किरण दाहालको द्वन्द्व निर्देशन तथा दिप्सन लिम्बूको संगीत रहेको छ । ग्रामीण परिवेशमा निर्माण भएको यो फिल्म भरियाको संघर्षको कथामा आधारित रहेको बताइएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कार्की साइँला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।