Logo

२०८३, कार्तिक २५गते


images
images

समाचार

दुर्घटना बढेपछि देवदहमा सडक पूजा

दुर्घटना बढेपछि देवदहमा सडक पूजा

images
  • दुर्घटना बढेपछि देवदहमा सडक पूजा
    images

    देवदह । राजमार्गमा सवारी दुर्घटनाबाट ज्यान गुमाएकाहरुको आत्मशान्तीको कामना गर्दै देवदह ९ घोडाहाका स्थानीयले सडकमा पूजा गरेका छन् । स्थानीयवासीले स्वतः स्फूर्त रुपमा सहयोग संकलन गरेर मृतकहरुको आत्मशान्तीको कामना सहित स्वस्ती शान्ती, नारायणबली, लक्ष्यवर्ती प्रज्वलन तथा भागवत पूजा गरेका हुन् ।

    images
    images
    images

    १४ जना पण्डितहरु जुटाएर गरिएको पूजा कार्यमा देवदह-९ घोडाहामा विभिन्न समयमा दुर्घटनामा परि ज्यान गुमाएकाहरुको परिवारका सदस्य समेत सरिक भएको स्थानीय नारायण पाण्डेयले जानकारी दिए । पाण्डेका अनुसार घोडाहामा मात्र दुर्घटनामा परि केहि बर्ष यता १८ जना भन्दा बढिले ज्यान गुमाएका छन् । 

    images
    images
    images

    ‘हामीले घोडाहामा विभिन्न समयमा भएका दुर्घटनामा परि मृत्युवरण गरेकाहरुको स्मृतिमा सडकमै सामुहिक पूजन कार्यक्रम गरेका हाँैं ।’ पाण्डेयले भने, ‘पटक-पटक दुर्घटना हुने र दुर्घटनामा ज्यान गुमाउनेहरुको नारायणवली नगरिएकै कारण थप दुर्घटना हुनेगरेको भनी पण्डित जि हरुले समेत सुझाएपछि हामीले यो कार्य गरेका हौं ।’

    images
    images

    पछिल्लो ४ महिना यतामात्र देवदह-९ घोडाहा काँटाचोकमा भएको सवारी दुर्घटनामा २ जनाको घटना स्थलमै ज्यान गएको छ ।

    यसैबिच स्थानीयले सडकमा पूजा गरिरहँदा प्रहरी चौकी देवदहले त्यहाँ उपस्थित सर्वसाधारणलाई ट्राफिक सचेतना शिक्षा प्रदान गरेको छ । 

    WhatsApp Image 2026-03-18 at 14.57.21 (1).jpeg

    प्रहरी सहायक निरीक्षक मिथिलेस कुमार यादवले उपस्थित सर्वसाधारणलाई ट्राफिक नियमको पालना नगर्दा अधिकांश दुर्घटना हुने गरेको भन्दै ट्राफिक नियमबारे सामान्य जानकारी सबैमा हुनुपर्ने बताए । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • # सडक पूजा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।