Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षा

देवदह बोर्डिङ्गद्धारा एसइईको तयारी गरिरहेका विद्यार्थीलाई शुभकामना

देवदह बोर्डिङ्गद्धारा एसइईको तयारी गरिरहेका विद्यार्थीलाई शुभकामना

images
  • देवदह बोर्डिङ्गद्धारा एसइईको तयारी गरिरहेका विद्यार्थीलाई शुभकामना
    images
    images

    देवदह । देवदह इङ्गलिस बोर्डिङ हाई स्कुल देवदह-७ ले शैक्षिक सत्र २०८२ को कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूबिच शुभकामना आदान प्रदान गरेको छ । विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले एसइई को तयारी गरिरहेका कक्षा १० का विद्यार्थीलाई शुभकामना सहित विदाई गरेका हुन् ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक अध्यक्ष विष्णुप्रसाद पौडेलले अनुशासन विद्यार्थीको गहना भएकाले अनुशासित र लगनशिल विद्यार्थीले मात्र सहज रुपमा सहफलता हातपार्ने बताए । 

    images
    images
    images

    विद्यालयका प्राचार्य मनोजकुमार गैरे, कार्यवाहक प्राचार्य मानबहादुर क्षेत्री, आन्तरिक विद्यालय व्यवस्थापक सुजाता लामिछाने, सह-प्राचार्य विष्णुप्रसाद अर्याल लगाएतले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै एसइई परीक्षाका लागि शुभकामना व्यक्त गरे । सोहि अवसरमा कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरूलाई मायाको चिनो समेत प्रदान गरेका थिए । 

    images
    images
    images

    कक्षा ९ का विद्यार्थी दिया न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १० का विद्यार्थीहरूले विद्यालयमा बिताएका अविस्मरणीय क्षणहरू, सिकाइका अनुभवहरू तथा शिक्षक-साथीहरूसँगका स्मरणीय पलहरूबारे भावुक हुँदै आफ्ना अनुभवहरू साटासाट गरेका थिए । उनीहरूले विद्यालयले दिएको शिक्षा, अनुशासन र मार्गदर्शनले आफुहरुको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

    अनुश्रा पौडेल र सिद्धार्थ बस्यालले संयुक्त रूपमा सञ्चालन गरेको शुभकामना आदानप्रदन कार्यक्रममा गायन, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरिएको विद्यालयले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह बोर्डिङ्ग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।