बुटवल । एक्टिभ प्लस जिम एण्ड फिटनेसकाे आयोजना तथा रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघकाे सहकार्यमा 'मिष्टर रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता शनिबार बुटवलमा सम्पन्न भएको छ ।
७० केजी माथिको वजन समुह बिजेता भइ फाईनलामा पुगेका नेपाल जिम एण्ड फिटनेसका अनिश थापा औभरअल च्याम्पियन बने । उनले प्रतियोगितामा सहभागी ४४ जना प्रतिस्पर्धी खेलाडीलाई पाखा लगाउदै मिष्टर रुपन्देहीको उपाधिसंग ५१ हजार नगद र आकर्षक ट्रफि हात पारे ।
५५ केजी तौल समूहतर्फ क्रमशः याेवर्स मल्टि फिटनेस सैनामैना राेशन श्रेष्ठ प्रथम, फिट 24 हेल्थ एण्ड फिटनेस क्लबका स्यामुल गुरुङ द्वितीय र राेयल आइरन जिम बलराम डुम्रे तृतीय भए भने ६० केजि वजन समुहमा कृष्ण जिम एण्ड फिटनेस चन बहादुर थापा प्रथम नेपाल जिम एण्ड फिटनेस माेहम्मद जुमराती दोश्रो युवाेर्स मल्टि फिटनेस सैनामैना बिबशजंग पाण्डे तृतीय भए ।
त्यस्तै ६५ केजी तौल समूहमा राेयल आइरन जिमकम अमित पंगेनी प्रथम, डायनेष्टी फिटनेस क्लबका सिद्धार्थ भण्डारी क्षेत्री दोश्रो र एस एस फिटनेस एण्ड एराेविकका विशाल कुमार निशाद तेस्रो भए ।
७० केजी वजन समुहमा एस एस फिटनेस एण्ड एराेविकका राकेश यादब प्रथम, हेमर फिटनेसका संजय कुमार पाठक दोश्रो र एक्ट्रिम फिटनेस क्लबका आकाश राना तेस्रो स्थानमा चित्त बुझाए।
त्यसैगरी ७० केजी माथिको वजन समुहमा नेपाल जिम एण्ड फिटनेसका अनिश थापा प्रथम, हेमर फिटनेस बिष्णु निशाद दोश्रो तथा डायनेष्टी फिटनेस क्लबका आदित्य श्रेष्ठले तृतीय भएको रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले बताए ।
समूह चरणका खेलका बिजेता खेलाडीहरुलाई प्रमाणपत्र मेडल प्रदान गरिएको कार्यक्रम संयोजक सरोज सिहले जानकारी दिए ।
ताैल समुहबाट विजेता बन्दै छनाैट चरण पार गरेका पाँच जना बिजेताहरु वीच फाइनल प्रतिस्पर्धा गराइएको थियो । फाइनल राउण्डमा बजन समूह बिजेताहरु राेशन श्रेष्ठ,चन बहादुर थापा,अमित पंगेनी,राकेश यादब रअनिश थापा बीच भिडन्त भएको थियो । जसमा अनिश थापा प्रथम हुदै ५१ हजार हात पारे भने राकेश यादब दाेश्राे हुदै २५ हजार प्राप्त गर्न सफल भए । तेश्राे भए चन बहादुर थापाले १५ हजार, अमित पंगेनी चाैथाे हुदै दस हजार र राेशन श्रेष्ठ पाचौं भएर पाँच हजार हात पारे। प्रतियोगितामा बेष्ट पाेजर माेहम्मद जुमरातीले पाउन सफल भएका थिए ।
कार्यक्रममा निर्णायकहरु मुख्य निर्णायक श्याम श्रेष्ठ,अन्तराष्टिय निर्णायक क्रमश बुद्धि जंग कार्की, केशव बहादुर शाक्य तथा राष्ट्रिय निर्णायक शिवध्वज राई, राज कुमार श्रेष्ठ, उत्तम उदास सुरज श्रेष्ठ र निर्णायक अर्जुन गिरिले गरेका थिए ।
कार्यक्रम एक्टिभ प्लस जिम एण्ड फिटनेसका प्रोपराइटर पुरन बहादुर चौहानको अध्यक्षतामा भएको थियो । कार्यक्रमकाे संचालक संचालन सुमन श्रेष्ठले तथा मार्शल अमिर थापाले गरेका थिए । कार्यक्रम थप राेचक बनाउन बीचमा संस्कृतिक कार्यक्रम समेत प्रस्तुती गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology