Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रिय सभा

काँग्रेसले राष्ट्रिय सभाका वहालवाला र नवनिर्वाचित सांसदबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गर्दै

काँग्रेसले राष्ट्रिय सभाका वहालवाला र नवनिर्वाचित सांसदबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गर्दै

images
  • काँग्रेसले राष्ट्रिय सभाका वहालवाला र नवनिर्वाचित सांसदबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गर्दै
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले राष्ट्रिय सभाका वहालवाला र नवनिर्वाचित सदस्यहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

    images
    images
    images

    काँग्रेस संसदीय दलका अनुसार उक्त कार्यक्रम फागुन २७ गते बुधबार दिउँसो २ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आयोजना गरिने भएको छ । कार्यक्रममा राष्ट्रिय सभाका हाल कार्यरत तथा हालै निर्वाचित सबै माननीय सदस्यहरूबीच परिचय, छलफल र अन्तरक्रिया हुने जनाइएको छ ।

    images
    images
    images

    गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा काँग्रेसका कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेस प्रदेशबाट काँग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा  गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती निर्वाचित भएका थिए । 

    images
    images
    images

    राष्ट्रिय सभामा काँग्रेस अब २५ सांसदसहित सबैभन्दा ठुलो पार्टी बनेको छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।