कृष्ण अन्जान, गुल्मी । प्रसिद्ध रुरुधाम हुँदै बग्ने कालीगण्डकी नदिमा माेटरबाेट सन्चालन हुने भएकाे छ । रिडीबजारका हाेटल तथा पर्यटन व्यवसायी नारायण ज्ञवालीकाे लगानीमा माेटरबाेट सन्चालनकाे तयारी शुरु गरिएकाे हाे ।
नेपालकै ऐतिहासिक र धार्मिक धराेहर रुरुधामकाे भौतिक विकास जाेडताेडले बन्दै गरेकाे अवस्था यसक्षेत्रका व्यवसायीहरुपनि लगानीका लागि उत्साहित भईरहँदा रिडीबजारमा सुविधा सम्पन्न हाेटल क्राउन समेत चलाई रहेका युवा व्यवसायी ज्ञवालीले रुरुक्षेत्रकाे पर्यटनकाे सम्भावना लाई जाेडेर कालिगण्डकी नदीमा माेटर बाेट चलाउने तयारी गरेकाे बताए ।
"सम्भाव्यता अध्ययन भयो । माेटरबाेट निर्माण गर्न दिएका छौँ । छिटै सन्चालन हुन्छ, "ज्ञवालीले भने ।
कालिगण्डकी नदिकाे वहाव क्षेत्र भृगुतुँगेश्वरबाट गाईघाटसम्म चार किलाेमिटर क्षेत्रमा माेटरबाेट सन्चालन हुनेछ । करिब सत्रलाखकाे लागतमा माेटरबाेट तयार हुने र एक पटकमा दशजनासम्मले कालिगण्डकीकाे वहावमा जल सयर गर्न पाउने छन ।
यतिबेला रुरुधाम रिडीकाे सँरचनात्मक विकास जारी छ । नेपालकै एकमात्र तिनमुखे पुलकाे निर्माण कार्य अन्तिम चरणमा छ भने कालिगण्डकी नदि र रिडीखाेला तटबन्ध स्थानीय मठ मन्दिर सुधार मुक्तिनाथ मन्दिर जाेडने कालिगण्डकी करिडाेरकाे स्तराेन्नति ले अब रुरुधामलाई पछि फर्केर हेर्नू पर्ने आवस्यकता छैन ।
सायद यसैले पनि रुरुधाममा व्यवसायिक आकर्षण र अझै त्यसमा पनि हाेटल व्यवसायमा लगानी ह्वात्तै बढेकाे छ । होटल क्राउनका संचालन समेत रहेका उनै ज्ञवाली माेटरबाेट सन्चालनकाे तयारीमा रहेका छन् । नारायण ज्ञवालीले करिव तीन कराेडकाे लगानीमा रिडीबजारमा हाेटल क्राउन सन्चालन गरेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology