देवदह । देवदह नगरपालिका वडा नं. ६ को नवनिर्मित भवनको उद्घाटन भएको छ । आइतबार एक कार्यक्रम विच संघीय सांसद छविलाल विश्वकर्माले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै सांसद विश्वकर्माले परिवर्तनले प्राप्त गरेका उपलब्धिको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताए । विकासका पुर्वाधार निर्माणमा देवदह उल्लेख्य प्रगति गरेको बताउँदै उनले दिगो विकासका लागि स्थानीय जनता, जनप्रतिनिधि र तिनै तहको सरकारले काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपाने, देवदह नगरपालिकाका नगरप्रमुख हिरा बहादुर खत्री लगायतले बोल्दै देवदहको विकासमा आफुहरूले गरेको कामको व्याख्या गरेका थिए ।
सो क्रममा वडा नं. ६ मा क्रियाशिला टोलविकास समिती, आमा समूह र संचारसंस्थाहरूलाई सम्मान गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology