Logo

२०८३, आश्विन १०गते


images
images

पाल्पामा बस र हाइस ठोक्किदा तीन जना गम्भीर घाइते

पाल्पामा बस र हाइस ठोक्किदा तीन जना गम्भीर घाइते

images
  • सेतोमसी सहकर्मी
  • पाल्पामा बस र हाइस ठोक्किदा तीन जना गम्भीर घाइते
    images
    images

    पाल्पा । तानसेन–तम्घास सडक खण्डको रिब्दीकोट–३, सिरुखर्कमा बस र हाइस आपसमा ठोक्किदा हुँदा ३ जना गम्भीर सहित १३ जना घाइते भएका छन् । आइतबार दिउँशो साढे ३ बजेतिर पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको लु १ ख ९७९४ नम्बरको बस र गुल्मीबाट पाल्पातर्फ आउदै गरेको बा ५ ख २२८७ नम्बरको हाइस आपसमा ठोक्किदा १३ जना यात्रु घाइते भएका हुन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनामा परेर गुल्मी जिल्ला रेसुङ्गा–४, बस्ने वर्ष ७० का हेमलाल पन्थ गम्भीर घाइते हुनुभएको छ । यस्तै कपिलबस्तु जिल्ला बाढगंगा नगरपालिका बस्ने २६ वर्षका सरस्वती कुँवर र नवलपरासी बर्धघाट नगरपालिका–५, बस्ने वर्ष १९ का विशाल नेपाली गम्भीर घाइते हुनुभएको छ । गम्भीर घाइतेहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

    images
    images
    images


    यस्तै गुल्मी मुसिकोट २ बस्ने २१ वर्षकी अम्बिका परियार, इस्मा गाउँपालिका–६, बस्ने ७१ वर्षका दीपकला पोखरेल, पर्सा जिल्ला बीरगन्ज १६ बस्ने १८ वर्षका सन्दिप शाह, सोही स्थानका १९ वर्षका आनन्दकुमार सोनार, गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–४, बस्ने वर्ष २४ का महेश पन्थी घाइते हुनुभएको छ ।

    images
    images
    images

    इस्मा गाउँपालिका ३ बस्ने ६७ वर्षकी शारदा पछाई, सोही स्थानका ६८ वर्षका प्रेमबहादुर पछाई, गुल्मी रुरु गाउँपालिका ५ बस्ने ४० वर्षका विष्णुप्रसाद श्रेष्ठ र गुल्मी छत्रकोट गाउँपालिका २ बस्ने २१ वर्षका शिव गाहा दुर्घटनामा परेर घाइते हुनुभएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैँयाले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।