Logo

२०८३, श्रावण २७गते


images
images

रास्वपाको झन्डा राखेको जिपबाट मदिरा र खाद्यान्नसहितका सामग्री बरामद

रास्वपाको झन्डा राखेको जिपबाट मदिरा र खाद्यान्नसहितका सामग्री बरामद

images
  • रास्वपाको झन्डा राखेको जिपबाट मदिरा र खाद्यान्नसहितका सामग्री बरामद
    images
    images

    बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झन्डा राखेर चुनावी प्रचारमा हिँडेको जिपबाट प्रहरीले मदिरा र खाद्यान्नसहितका सामग्री बरामद गरेको छ ।

    images
    images
    images

    सल्यानको बन्गाड-कुपिण्डे नगरपालिका-१ स्थित सल्लीबजारबाट सोमबार बिहान जिप चालक र जिपमा सवार अर्का एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सामान लिएर खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको जिपमा चुनावलक्षित सामग्री रहेको आशंकामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    जिपबाट २५ केजीका दुई बोरा चामल, 'डायमण्ड' लेखिएको सात कार्टुन मदिरा, दुई कार्टुन बियर र तीन कार्टुन खानेतेल बरामद भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । पक्राउ पर्नेमा सिद्धकुमाख गाउँपालिका-४ बस्ने २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र ३७ वर्षीय मोहन बीसी रहेका छन् ।

    images
    images
    images

    रास्वपाका नगर सभापति लोकेन्द्र ओलीले गाडीमा लोड गरिएको सामग्री स्थानीय व्यापारीको भएको दाबी गर्दै प्रचारमा हिँडेको गाडीमा सामान राखिनु चालकको कमजोरी भएको बताएका छन् ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # मदिरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।